साईकलमा लाग्ने भन्सार महसुल घटाउन सुझाव


नेपालगन्ज, ११ बैशाख : नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी आर्थिक वर्षको बजेटमा साईकलको आयातमा हुने भन्सार महसुल घटाउन आग्रह गरेको छ ।

नेपालगन्जमा बुधवार भएको प्रतिनिधिसभाको अर्थ समितिको प्री बजेट सम्बन्धी छलफल कार्यक्रममा संघले यस्तो सुझाव दिएको हो । संघका अध्यक्ष नन्दलाल बैश्यले अधिकांस नेपालीको पहुँचमा रहने साईकलको पैठारीमा भन्सार महसुल ५ प्रतिशतबाट १ प्रतिशतमा झार्नुपर्ने सुझाव दिए । ‘हरेक नेपालीको पहुँच रहने साईकलको भन्सार दर घटाउनुपर्छ’– बैश्यले भने,‘यो आगामी बजेटबाटै होस् ।’

साईकलको प्रयोगले इन्धनको खपत कम भएर बिदेशमा जाने पैसा पनि बचत हुने बैश्यको भनाई छ । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायतका प्रतिनिधिसभा सांसद सहभागि कार्यक्रममा यस्तो सुझाव दिइएको थियो ।

प्रकाशित मितिः     ११ बैशाख २०७६, बुधबार १९:२९  |