कृष्ण चौधरी लुम्बिनी भ्रमण वर्षको मूल समारोह समिति सदस्य मनोनित


नेपालगन्ज,१५ बैशाख : लुम्बिनी भ्रमण वर्ष २०७६ मूल समितिको सदस्यमा बाँकेका होमस्टे तथा पर्यापर्यटन अभियानता कृष्ण चौधरी मनोनित भएका छन् । प्रदेश ५ मा रहेको गौतम बुद्धको जन्मस्थल र समग्र प्रदेशकै पर्यटन प्रर्बधनका लागि लुम्बिनी भ्रमण वर्ष मनाउने तयारी भइरहेको छ ।
सोही कार्यका लागि चौधरीलाई प्रदेश ५ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको चैतमा भएको बैठकले सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । सदस्यमा मनोनित चौधरीले बाँकेको बैजनाथमा रहेको गाभर क्षेत्रलाई गाभर पर्यटकीयक्षेत्रका रुपमा विकास गरेका छन् । होमस्टे एशोसियन मार्फत चौधरी पर्यटनक्षेत्रको विकासमा सक्रिय छन् । लुम्बिनी भ्रमण वर्ष मूल समारोह समिति सदस्यमा मनोनित गरेकोमा प्रदेश सरकारलाई चौधरीले धन्यबाद दिएका छन् ।


प्रकाशित मितिः     १५ बैशाख २०७६, आईतवार २०:४५  |
error: Content is protected !!