उद्योगपति विनोद चौधरीले विद्यार्थीलाई भने- ‘सफल हुन दुनियाँको स्पिडमा हिड्न सक्नुपर्छ’


काठमाडौं। चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले सफलताका लागि जीवनको लक्ष्य निर्धारण गर्न विद्यार्थीहरूलाई सुझाव दिएका छन्। आईतबार त्रिभूवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागका करिब सात सय विद्यार्थीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयबाट विदाई हुनु अगाडि नै आफ्नो भविष्यको गन्तव्य तय गर्न पनि उनीहरूलाई सुझाव दिए।‘आजको विश्व ३० बर्षभन्दा कम उमेरका युवाका लागि सबैभन्दा महत्वपूर्ण रहेको छ । सूचना प्रविधिका क्षेत्रमा जति पनि उपलब्धी हासिल भएका छन् सबै यहि उमेरका युवाहरुको देन छ’ अध्यक्ष चौधरीले भने– यो हलमा रहनु भएका विद्यार्थीहरूका लागि यस्ता प्रसस्त अवसर छन् ।’

सफलताका लागि थ्रि एस अर्थात स्किल, स्केल र स्पिडको आवश्यकता पर्ने सुत्र दिँदै अध्यक्ष चौधरीले भने– तपाईँहरूको विश्वविद्यालयको अध्ययन त्यहि स्किल हासिल गर्नका लागि हुनुपर्छ । यहा“ प्राप्त गरेको स्किललाई वृहत स्केलमा कार्यानवयनमा ल्याउन सक्दा मात्रै सफल हुन सकिन्छ । ‘आजको दुनियाँ रफ्तारमा दौडिरहेको छ । तपाई“को स्पिडमा दुनियाँ हिड्ने छैन त्यसैले तपाई“ले दुनिया“को स्पिडमा हिड्न सक्नुपर्छ’ अध्यक्ष चौधरीले भने, ‘त्यसका लागि हिनताबोध र कन्फ्युजन त्याग्नुपर्छ ।’

विश्वका नाम चलेका विश्वविद्यालयमा पढ्दैमा मात्रै सफल भईने सोंच सहि नभएको बताउदै उनले भने, ‘मैले पनि त्रिभूवन विश्वविद्यालय मातहतकै क्याम्पसमा अध्ययन गरेको हुँ। यदि त्यस्तो हुन्थ्यो भने म अर्बपति बन्न सम्भव थिएन ।’ युक्रेनी युवा जोम कोउमले ह्वाट्सएपमार्फत् प्राप्त गरेको सफलताको उदाहरण प्रस्तुत गर्दै उनले भने त्रिभूवन विश्वविद्यालयका विद्यार्थीहरूले पनि दुनियाँ हल्लाउने आविष्कार गर्न सक्छन् । त्यसका लागि सपना देख्नु र सपनालाई पछ्याउनु भने अनिवार्य छ ।

अध्यक्ष चौधरीले नेपाली युवाका तीनवटा सफलताका स्टोरी पाइला टेक्नोलोजी, फुडमारियो र नेपाली धोवीको बारेमा जानकारी दिदै यस्तै सिर्जनशिल अवधारणाले नेपाली युवाहरूले सफलता हासिल गर्ने बताए। उनले विश्वमा ३० बर्षभन्दा कम उमेरमा अर्बपछि क्लवमा नाम लेखाउन विश्वकै कान्छि अर्बपछि केली जेनर, गुगलका सह सस्थापक सर्गेयी ब्रेन, स्ट्राईपका सस्थापक प्याट्रिक कोलिसन, स्न्यापच्याटका सह–संस्थापक बबी मर्फे र फेसबुकका सस्थापक मार्क जुकरवर्गको सफलताको कथा सुनाए। #बिजमाण्डुबाट साभार#

प्रकाशित मितिः     १६ बैशाख २०७६, सोमबार ०७:१०  |