देवेन्द्र अधिकारी : ‘टिस्यूकल्चर’बाट बिउँ उमार्ने युवा


नेपालगन्ज, १७ बैशाख :  बाँके खजुराका देबेन्द्र अधिकारी ‘टिस्यूकल्चर’ प्रविधिबाट बिउँ उत्पादन आफुलाई अब्बल सावित गर्दै छन् । उमेरले २८ वर्ष पुगेका अधिकारीले रु ४ करोड लागतमा टिस्यूकल्चर प्रविधिबाट केरा लगायतको बिउँ उत्पादन गरिरहेका छन् ।

बि.सं. २०७१ सालमा ३ लाख लागतबाट केरा खेती सुरु गरेका अधिकारीले बिउँ उत्पादनको अभाव खेपिरहेका यहाँका कृषकका लागि नयाँ प्रविधि भित्राउन जुटेका छन् । जसमा उनले रु ४ करोड नै लगानी गरेका छन् । उनी भन्छन्,–‘हाम्रो सबैभन्दा ठुलो चुनौती भनेकै बिउँ रहेछ । दुःख गर्ने तर बिउँ नै राम्रो नपाइने समस्या रहेछ । त्यसलाई अन्त्य गर्न यो काम आफै शुरु गरे ।

’बाँकेको खजुरामा केरा ब्याबसाय गर्दै आएका अधिकारीले अहिले कोहलपुर नगरपालिका वडा नं. ८ मा नर्सरी समेत संचालन गरेका छन । उक्त नर्सरीमा टिस्यूकल्चर प्रबिधिबाट केराका बिरुवाहरु उत्पादन गर्ने गरिएको अधिकारीले जानकारी दिए । टिस्यूकल्चर प्रबिधीको ल्याब संचालन गर्न लागिएको र यसबाट बिभिन्न प्रकारका बिउहरु उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । नेपालमा टेक्निकल इनपुटका साथै बिषय बिज्ञहरुको अभाबका कारण समस्या खेप्नुपरेको अधिकारी बताउँछन ।

करिब १० कठ्ठा जमिनमा नर्सरी संचालन गर्दै आएका अधिकारीले बर्दियाको बारबर्दिया नगरपालिकामा १५ बिगाह क्षेत्रमा मेवा, अम्बा, अंगुर, कागति लगाएतका बिरुवा लगाउने योजना रहेको बताए । अधिकारीले अहिलेसम्म करिब १४ लाख हाराहारीमा बिउ उत्पादन गरिसकेका छन । उनी भन्छन्,–‘नयाँ केही गरौ भन्ने लागेर काम सुरु गरेको हुँ । सबैको साथ र सहयोग चाहिन्छ ।’

प्रकाशित मितिः     १७ बैशाख २०७६, मंगलवार ०८:२४  |