१३० औं मजदुर दिवशको अवसरमा पनि नेपालगन्ज उपमहानगरपालिकाको घरवारीटोलमा जाने बाटो निर्माणमा लागिपरेका मजदुरहरु । मजदुर दिवशको अवसरमा सरकारले सार्वजनिक बिदा दिए पनि यहाँ भने बास्तविक मजदुर चर्को गर्मीमा काम गर्न बिबश देखिए । नेता र सार्वजनिक ओहोदाका व्यक्तिहरु कार्यक्रममा भाषण गरिरंहदा यि मजदुरहरु इट र सिमेन्ट मोल्न व्यस्त थिए । ठेकेदार कम्पनीले बिदा नदिएपछि बर्षमा एक पटक आउने मजदुर दिवशमा पनि मजदुरल राहात पाएनन् ।