मातातीर्थ औंसीमा आमालाई सोल्टी होटलको ‘केक’ !


नेपालगन्ज, १९ बैशाख : आउने शनिबार मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ ।

आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ । यसै अवसर पारेर नेपालगन्जस्थित पाँच तारे होटल सोल्टीले केकमा बिशेष छुट दिएको छ ।  उसले आफ्ना सेवाग्राहीलाई लक्षित गरी यस्तो अफर ल्याएको हो । सय पाउण्ड बराबरको बिभिन्न फलेवरको केकको मुल्य ६ सय ५० राखेको छ ।

होटलले मे १४ मा परेको अन्र्तराष्ट्रियस्तरको आमाको मुख हेर्ने दिनलाई समेत लक्षित गरेर यो अफर सन्चालन गरिरहेको छ । होटल सोल्टी नेपालगन्जको पहिलो पाँचतारे होटल हो । केही दिन अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले होटलको उद्घाटन गरेका थिए ।

प्रकाशित मितिः     १९ बैशाख २०७६, बिहीबार १५:२८  |