एयरलाइन्सको वेबसाईटमा बागेश्वरी मन्दिरदेखि सदरलाईनसम्मको चर्चा


नेपालगन्ज १९ बैशाख : तपाई हाम्रो शहर नेपालगन्जलाई देशका ठुला एयरलाईन्स कम्पनीले कसरी बुझेका छन् ? उनीहरुको नजरबाट नेपालगन्ज के हो ? यो थाहा पाउन हामीले बुद्ध एयर, श्री एयरलाईन्स, श्री एयरलाईन्सका वेबसाईट नियालेका छौं । ती वेबसाईट हेर्दा नेपालगन्जलाई ठुला एयरलाईन्स कम्पनीहरुले पश्चिम नेपालको ‘गेट वे र आर्थिक नगरी’का रुपमा बुझेको निष्कर्ष निकाल्न सकिन्छ ।
पश्चिम नेपालमै नेपालगन्ज ठुलो बिमानस्थलका रुपमा रहेको छ । यहाँ दैनिक धेरै यात्रुहरु हवाई साधन मार्फत ओहोरदोहोर गर्छन । कयौंले ती एयरलाईन्स कम्पनीका वेबसाईट पनि हेर्छन । वेबसाईटमा नेपालगन्जसंग जोडिएका बिषयहरु समेट्दा धेरैले थाहा पाएका छन् ।

बुद्द एयर

बुद्द एयरले नेपालगन्जलाई बागेश्वरी मन्दिर र बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटकियस्थलका रुपमा चिनाएको छ । बागेश्वरी मन्दिरलाई हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र उल्लेख गरेको छ । त्यस्तै वन्यजन्तुको अध्ययन र घुमघामका लागि नेपालगन्जबाट केही घण्टाको सडक यातायातको दुरी पार गरेर बर्दिया राष्ट्रिय निकुञ्ज जान सकिने उल्लेख गरेको छ ।

यति एयरलाईन्स

यो एयरलाईन्सले नेपालगन्जलाई ‘पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्र’का रुपमा चित्रण गरेको छ । भेरी, राप्ती, महाकाली, कर्णाली, सेती अन्चलको महत्वपूर्ण व्यापारिक केन्द्र नेपालगन्ज रहेको यतिले आफ्नो वेयभसायईडमा उल्लेख गरेको छ । त्यस्तै बिकासन्मुख डोल्पा, हुम्ला, मुगु, रुकम, सिमिकोट जस्ता ठाउँ जोड्ने ठाउँका रुपमा चित्रण गरिएको छ । बागेश्वरी मन्दिरलाई यहाँकोे प्रमुख धार्मिकस्थलका रुपमा उल्ल्ेख छ ।

श्री एयरलाईन्स

श्री एयरलाईन्सले नेपालगन्जका बारेमा बिस्तृत र सम्पूर्ण बिबरण उल्लेख गरेको छ । उसले आफ्नो वेयभसाईडमा नेपालगन्जमा बारेमा यस्तो भनेको छ,–

नेपालगन्जमा पश्चिम नेपालको प्रमुख बिजनेश सेन्टर हो । यो मानसरोवर, रारा ताल,बर्दिया राष्ट्रिय निकुञ्ज,शे फोक्सुण्डो, खप्तड राष्ट्रिय निकुञ्जको गेट वेका रुपमा स्थापित छ । यहाँबाट जुम्ला र डोल्पामा टे«किङ्ग जान पनि सकिन्छ । नेपालगन्जमा गणेशपुर,घरवारीटोल, बिपिचोक,सदरलाईन,बेलासपुर,कोरियनपुर, मिनि जु, राप्ती नदी लगायतका स्थान घुम्न सकिन्छ ।

प्रकाशित मितिः     २० बैशाख २०७६, शुक्रबार १०:४०  |