नेपालगन्ज, १९ बैशाख : नेपालगन्जको पहिलो सपिङ्ग मल ‘वेस्र्टन विजनेश कम्पलेक्स’मा उद्घाटनपूर्व नै धमाधम ‘स्पेश बुकिङ्ग’ भएको छ । शहरको मुख्य ठाउँ मानिने सुर्खेतरोडमा दुई वर्षदेखि बन्दै गरेको उक्त कम्पलेक्सको अहिले ‘फिनिसिङ्ग’को काम भइरहेको छ । ‘फिनिसिङ्ग’ काम सकिएपछि अबको केही महिनामै औपचारिकरुपमै कम्पलेक्सको उद्घाटन हुने हुँदैछ ।
रु ४० करोड लागतमा वेस्र्टन बिजनेश ग्रुप प्रालिले यो कम्पलेक्स बनाइरहेको हो । जुन नेपालगन्जकै सुविधा सम्पन्न पहिलो सपिङ्ग कम्पलेक्स बन्ने छ । ‘कर्पोरेट र कर्मशियल स्पेशमा केही प्रतिशत बुकिङ्ग भयो’ वेस्र्टन विजनेश कम्पलेक्सका चेयरपर्सन सन्जय थापाले भन्नुभयो,–‘फुड र रेष्टुरेण्टका स्पेश बाँकी छ । यसलाई जतिसक्यो राम्रो बनाउने गरी फिनिसिङ्गको काम भइरहेको छ ।’ कम्पलेक्समा कर्पोरेट, कर्मशियल र फुड तथा रेष्टुरेण्टका अलग क्षेत्र कायम गरिएको छ ।
कर्पोरेट स्पेश
बैंक तथा बित्तिय लगायत कर्पोरेट हाउसको कार्यालय प्रयोजनका लागि यो स्पेश छुट्याईको हो । हालसम्म सबैभन्दा धेरै यही स्पेशमा बुकिङ्ग भएको छ । ५० प्रतिशत बुकिङ्ग भइसकेको चेयरपर्सन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार एनआईसी एशिया, नेशनल लाईफ ईन्सुरेन्स जस्ता बैंक तथा बित्तिय निकाय बुकिङ्ग लगत्तै सन्चालनमा आइसकेका छन् ।
कर्मशियल स्पेश
यो व्यवसायीक प्रयोजनका लागि छुट्याईएको स्पेश हो । जसमा ३० प्रतिशत बुकिङ्ग भइसकेको छ । यहाँ जुनसुकै सेवाग्राहीले आफुले चाहेको सामाग्री किनमेल गर्ने कर्मशियल प्रतिष्ठानहरु हुने छन् ।
फुड तथा रेष्टुरेण्ट वेस्र्टन
बिजनेश कम्पलेक्समा किनमेल मात्र हुने छैन । यहाँ आउने सेवाग्राहीले हरप्रकारका खानपिनको स्वाद पनि लिन पाउँने छन् । त्यसैले फुड र रेष्टुरेण्टलाई जति सक्यो त्यति उत्कृष्ट बनाउने गरी लागिपरेको थापाले बताउनुभयो । सबैथोक एउटै ठाउँमासपिङ्ग कम्पलेक्सको अवधारणानै सबैथोक एउटै ठाउँमा पाउनु हो । वेस्र्टन बिजनेश ग्रुपले पनि त्यसलाई अधिकतम् पछ्याउने छ । नेपालगन्जका लागि सपिङ्ग कम्लेक्स संस्कृति नयाँ भए पनि आर्कषण बढ्ने निश्चित छ । सपिङ्ग कम्लेक्समा किनमेल गर्न काठमाण्डौ र भारतको लखनउ जानुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा सहित काम भइरहेको छ ।
सुरक्षामा बिशेष ध्यान
वेस्र्टन बिजनेश ग्रुपले सपिङ्ग कम्पलेक्सको पूर्वाधार निर्माणमा उच्च प्रविधिको प्रयोग गरेको थापाले बताउनुभयो । भूकम्प प्रतिरोधी भवनका साथै अकस्मात हुने कुनै दुर्घटनाबाट जोगिने पुर्वतयारीका लागि ठुलो लगानी गरिएको छ । कतिसम्म भने कम्पलेक्स मात्र नभई वरीपरी जुनसुकै ठाउँमा आगलागी जस्ता घटना भए कम्पलेक्सकै साधानस्रोत प्रयोग गर्न मिल्ने गरी पूर्वाधार जडान गरिएको छ ।
पार्किङ्ग
नेपालगन्जको सडकले पार्किङ्गको समस्या झेलिरहेका कुरालाई मध्यनजर गर्दै वेस्र्टन बिजनेश कम्पलेक्सले पार्किङ्गलाई बिशेष ध्यान दिएको छ । उसले झण्डै ६० जटा गाडी अट्ने गरी अलग्गै पार्किङ्गको व्यवस्था गरेको छ ।
जसले गरे नेपालगन्जमा कम्पलेक्स निर्माणको सुरुवात
नेपालगन्जमा सपिङ्ग कम्लेक्समा यतिबेला लगानी गर्ने क्रम बढेको छ । तर यसको सुरुवात गरेको श्रेय वेस्र्टन बिजनेश ग्रुपलाई जान्छ । यो समूहमा बिभिन्न क्षेत्रमा नाम कमाएका सन्जय थापा, ईश्वर पोख्रेल, निरज गौतम लगायत छन् । उक्त समूहले सूचना प्रविधि, शिक्षा, बित्तियक्षेत्रमा आफुलाई स्थापित गरिसकेको छ । ‘यि सबै काम गर्दैगर्दा नेपालगन्जमा केही न केही नयाँ गरौ न भनेर हामीले कम्लेक्समा हात हालेका छौं ।’ थापाले भन्नुभयो–‘यो शहरमा केही नयाँ कुरा स्थापित गराउनु हाम्रो दायित्व पनि हो ।’ वेस्र्टन पछि नेपालगन्जमा भाटभटेनी, बागेश्वरी सपिङ्ग कम्पलेक्स पनि आउँदैछन् ।