नेपालगन्ज २१ बैशाख : नेपालगन्ज उपमहानगरपालिका भित्र चारवटा बिजनेश कम्पलेक्स सन्चालनमा आउँदै छन् । त्यो पनि २०७६ भित्र । यि चारवटा बिजनेश कम्पलेक्समा दुई अर्व बढिकोे लगानी हुँदैछ । रु ४० करोडको लागतमा बनेको पहिलो बिजनेश कम्पलेक्स ‘वेस्र्टन बिजनेश कम्पलेक्स’ केही महिनामै सुरु हुँदेछ ।
अहिले उक्त कम्पलेक्समा स्पेश बुक भई केही कर्पोरेट कार्यालयहरु सन्चालनमा समेत आइसकेका छन् । वेस्र्टन बाहेक देशके चर्चित सुपरमार्केट भाटभटेनीको पुर्वाधार निर्माणको काम भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाले बनाउने बागेश्वरी कम्पलेक्सको डिपिआर तयारी भइरहेको छ । जिल्लाकै प्रतिष्ठित उद्योगी दिवाकल खनालले आफ्नो लक्ष्मी चलचित्र मन्दिरलाई भत्काएर सुविधा सम्पन्न फिल्म सहित सहितको बिजनेश कम्पलेक्स बनाउने तयारी गरिरहेको छ ।
भाटभटेनी सुपरमार्केट
भाटभटेनीले नेपालगन्जको कारकाँदोको सुर्खेतराडमा सुपर मार्केटका लागि अत्याधुनिक भवन निर्माणको कामलाई तिब्रता दिइरहेको छ । यसैवर्ष सन्चलन गर्ने गरी यतिबेला अण्डरग्राउण्ड पार्किसंगै भब्य भवन निर्माणको कामलाई तिब्रता दिएको छ। ईन्जिनियरदेखि मजदरहरु दिनरात काममा खटिएका छन् । साविकको मध्य र सुदुरपश्चिममा भाटभटेनीले पहिलोपटक नेपालगन्जबाट आफ्नो लगानी भित्रा्एको हो । नेपालगन्जसंगै भाटभटेनीले भैरहवा,इटहरीजस्ता शहरमा आफ्नो शाखा बिस्तार गर्दै छ।आममानिसमा भाटभटेनी भनेकै सुपर मार्केट हो भन्ने भान पर्ने गरेको छ । यद्यपि, भाटभटेनी भनेको काठमाडौंमा अवस्थित एक ऐतिहासिक र सांस्कृतिक महत्त्व को मन्दिर हो । भाटभटेनी मन्दिरछेउमा पहिलो स्टोर खोल्दा त्यसको नाम नै भाटभटेनी स्टोर राखिएको थियो । भाटभटेनीले मुख्यगरी ड्राई फ्रुट, मसला र दाल तथा गेडागुडीलाई आफ्नै ब्राण्डमा प्याकेजिङ गरी उत्पादनको रूपमा उपभोक्तामाझ ल्याइरहेको छ ।
बागेश्वरी कम्पलेक्स
नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्बर २ मा निर्माण गर्न लागेको बागेश्वरी कम्पलेक्सको डिपिआर अन्तिम चरणमा पुगेको छ । बागेश्वरी मन्दिर पूर्वपट्टीको खाली जग्गामा उपमहानगरपालिकाले बहुउदेश्यीय सपिङ्ग कम्पलेक्स बनाउँदै छ ।अरनिको डिजाईनर एण्ड प्लानरले डिपिआर बनाउने कामलाई अन्तिम रुप दिन लागेको हो । यसअघि उक्त कम्पनीले तयार गरेको डिपिआरमा सुधार गर्ने सुझाव सहित फिर्ता पठाईएको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए । केही सुधार सहित बैशाख अन्तिमसम्म डिपिआर तयार हुने रिजालले बताए ।डिपिआर तयार भइसकेपछि कुल लागत स्टिमेट एकिन हुने भएपनि झण्डै ५० करोड लाग्ने अनुमान गरिएको छ । ६ तलाको सपिङ्ग कम्पलेक्समा फिल्म हलदेखि अण्डरग्राउण्ड पार्किगसम्म बनाउने तायरी भइरहेको छ ।
वेस्र्टन बिजनेश कम्पलेक्स
नेपालगन्जको पहिलो सपिङ्ग मल ‘वेस्र्टन विजनेश कम्पलेक्स’मा उद्घाटनपूर्व नै धमाधम ‘स्पेश बुकिङ्ग’ भएको छ । शहरको मुख्य ठाउँ मानिने सुर्खेतरोडमा दुई वर्षदेखि बन्दै गरेको उक्त कम्पलेक्सको अहिले ‘फिनिसिङ्ग’को काम भइरहेको छ । ‘फिनिसिङ्ग’ काम सकिएपछि अबको केही महिनामै औपचारिकरुपमै कम्पलेक्सको उद्घाटन हुने हुँदैछ ।रु ४० करोड लागतमा वेस्र्टन बिजनेश ग्रुप प्रालिले यो कम्पलेक्स बनाइरहेको हो । जुन नेपालगन्जकै सुविधा सम्पन्न पहिलो सपिङ्ग कम्पलेक्स बन्ने छ ।