अदालतका टाइपिष्टले मागे ३ लाख घुस, अख्तियारद्धारा पक्राउ


नेपालगन्ज, २२ बैशाख : उच्च अदालत तुलसीपुर , नेपालगन्ज इजलासका टाइपिष्ट नायब सुब्बा कृष्ण कुमार पाठकलाई ३ लाख घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जले समातेको छ । पाठकलाई नेपालगन्जको चारबहिनी स्थित लायर्स च्यामबर बाट तीन लाखको घुस सहित पक्राउ गरिएको हो ।


पाठकले अदालतमा बिचाराधिन मुद्दामा सहयोग गर्ने भनेर घुस मागेका थिए । सुचना र उजुरीको आधारमा खटिएको टोलीले पाठकलाई घुस रकम सहित पक्राउ गरेको अख्तियार अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले जनाएका छन् ।

प्रकाशित मितिः     २२ बैशाख २०७६, आईतवार ०७:१०  |
error: Content is protected !!