१० सर्वाधिक विक्री भएका स्मार्टफोन


विश्वभर स्मार्टफोनको व्यापार उल्लेख्य मात्रामा हुने गरेको छ । विश्व स्मार्टफोनको बजारमा विशेषगरी सामसुङ, एप्पल र हुवावेईका स्मार्टफोनको व्यापार सबैभन्दा धेरै हुने गरेको छ । यस्तोमा गत साता सबैभन्दा बढी विक्री भएका स्मार्टफोन यस्ता छन:

सामसुङ ग्यालेक्सी ए८०
यो स्मार्टफोनमा ८ जीबी ¥याम र १२८ जीबी इन्टर्नल स्पेस रहेको छ । यसमा ३७ सय एमएएचको ब्याट्रीको प्रयोग गरिएको छ ।

सामसुङ ग्यालेक्सी ए५०
यो स्मार्टफोनमा ४ तथा ६ जीबी ¥याम र ६४ जीबी तथा १२८ जीबी इन्टर्नल स्टोरेजका दुई भेरियन्ट उपलब्ध छन् । ४ हजार एमएएचको ब्याट्रीको प्रयोग गरिएको यो फोनमा ५ सय १२ जीबीको एसडी कार्डको प्रयोग गर्न सकिन्छ ।

हुवावेई पी३० प्रो
यो फोन ६ र ८ जीबीको ¥यामका साथै १२८, २५६ र ५१२ जीबीको इन्टर्नल स्टोरेजका साथ उपलब्ध छ । यसमा ४२ सय एमएएचको ब्याट्री प्रयोग गरिएको छ ।

सामसुङ ग्यालेक्सी ए७०
यसमा ६ र ८ जीबी ¥यामका साथै १२८ जीबी इन्टर्नल स्टोरेजको व्यवस्था छ । यसमा ४५ सय एमएएचको प्रयोग गरिएको छ ।

शाओमी रेडमी नोट ७
यो फोनमा ४ जीबी ¥याम र ६४ जीबी इन्टर्नल स्टोरेजको प्रयोग गरिएको छ । यसमा ४ हजार एमएएच ब्याट्रीको प्रयोग गरिएको छ ।

हुवावेई पी३० लाइट
यसमा ६ जीबी ¥याम र १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ । यसको ब्याट्री ३ हजार ३४० एमएएच क्षमताको छ ।


शाओमी रेडमी नोट ७ प्रो
यो स्मार्टफोनमा पनि ६ जीबी याम र १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ । यसको ब्याट्री ४ हजार एमएएच क्षमताको छ ।

सामसुङ ग्यालेक्सी ए३०
यो फोनमा ३ र ४ जीबी ¥यामका साथै ३२ र ६४ जीबीको इन्टर्नल स्टोरेजको व्यवस्था छ । यसमा ४ हजार एमएएचको ब्याट्री प्रयोग गरिएको छ ।

हुवावेई पी३०
यसमा ६ र ८ जीबी ¥यामसहित ६४, १२८ र २५६ जीबी इन्टर्नल स्टोरेजको छ । यसको ब्याट्री क्षमता ३६५० एमएएच रहेको छ ।

सामसुङ ग्यालेक्सी एस१० प्लस

यो फोनमा ८ जीबी ¥यामसहित १२८, ५१२ जीबी र १ टीबी इन्टर्नल स्टोरेजको व्यवस्था छ भने ब्याट्रीको क्षमता ४१ सय एमएएच छ ।

आर्थिक अभियानबाट

प्रकाशित मितिः     २३ बैशाख २०७६, सोमबार १६:४५  |
error: Content is protected !!