उपकार लद्युवित्तकी अध्यक्ष शान्ति ढकालद्धारा सपथग्रहण


नेपालगन्ज : ‘घ’ वर्गको बित्तिय संस्था उपकार लद्युवित्त संस्था लिमिटेडको अध्यक्ष शान्ति ढकालले नेपाल राष्ट्रबाट सपथग्रहण गर्नुभएको छ । राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटाले मंगलबार सपथग्रहण गराउनुभएको हो ।

०६३ सालतिर बाँकेको कोहलपुरमा आफ्ना सदस्यबाट दश रुपैया बचत उठाएर सुरु भएको स्थापना भएको महिला उपकार मन्च लद्यु बित्त बन्न सफल भएको छ । मन्चका अगुवाहरु गाउँ गाउँमा गएर महिलाको समूह बनाउँथे । त्यही समूहबाट संकलन भएर बनाईएको महिला मन्च राष्ट्र बैंकबाट अनुमती प्राप्त घ बर्गको बित्तिय क्षेत्र बन्न सफल भएको हो ।

अब घ बर्गको अनुमति पाएपछि प्रदेश नम्बर ५ को रुकुम र रोल्पा बाहेक अन्यत्र दश जिल्लामा शाखा बिस्तार गर्न सकिने छ । उपकार मन्च बाँकेमा मात्र सिमित छ ।संस्थाको चुक्ता पुँज छ करोड छ । हालसम्म रु ७८ करोड ८३ लाख ऋण लगानी भएको छ भने बचत ४२ करोड छ । संस्थामा २३ हजार ८ सय ६५ महिलाहरु सहभागी छन् । धेरै महिलाहरु ऋण लिएर र बचत गरेर स्वरोजगार बनेका छन् ।

प्रकाशित मितिः     २४ बैशाख २०७६, मंगलवार १७:१८  |