युवाको नयाँ सोचले जन्माएको ‘गुन्द्रुक रिर्सोट’, पर्यटकको मन लोभ्याउँदै


नेपालगन्ज, २५ बैशाख : बर्दियाको ठाकुरद्वारा नगरपालिका वडा नम्बर २ मा रहेको गुन्द्रुक रिर्सोटले आन्तरिक र बिदेशी पर्यटकको मन लोभ्याएको छ । बर्दियाका पाँच जना युवाहरु बद्री कडायत, गोपाल निरौला, गणेश थापा, गणेश कुवरको समूहले एक करोड रुपैयाँको लगानीमा गुन्द्रुक रिसोर्ट संचालनमा ल्याएका हुन । । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार नजिकै महेन्द्र राजमार्गमा रहेको रिर्सोट धेरैका लागि आर्कषक बनेको छ । ’गुन्द्रुक भनेको टिपिकल नेपाली नाम हो । हामीले नाम जस्तै यहाँ पनि हरेक कुरा नेपाली स्वादकै दिएका छौं,’ रिसोर्ट संचालक गोविन्द गुप्ताले भने, ’अरु भन्दा फरक महसुस गर्नुहुनेछ ं।’

पहिलो चरणमा ६ वटा कटेज कोठा, रेष्टुराँ, बार र ६० जना क्षमताको सभा कक्षसहित आतिथ्य सेवा शुरु गरिएको संचालक गुप्ताले जानकारी दिए । रिसोर्टले थारु समुदायको परम्परागत परिकार, परम्परागत नेपाली खानाका साथै दक्ष गाइडसहित जीप सफारीको समेत सुविधा उपलब्ध गराएको छ। आठ कठ्ठा क्षेत्रफलमा फैलिएको यो रिसोर्टमा दोश्रो चरणमा दश वटा कटेज थप्ने योजना रहेको होटल व्यवस्थापनले जानकारी दिएको छ। जंगल सफारीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज विश्वमै लोकप्रिय गन्तव्य हो।

बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षित वन्यजन्तु पाटे बाघको मुख्य वासस्थान हो। पछिल्लो समयमा बाघ संरक्षणमा विश्वमै उदाहरणीय रुपमा नेपालले पाएको सफलताका कारण पनि यहाँ बाघ हेर्नका लागि जंगल सफारीमा आउने पर्यटकको आगमन क्रमिक रूपमा बढेको छ।

उक्त रिर्सोट खोल्ने जम्मा युवाहरुको आफ्नै व्यवसाय छ । कोही सूचना प्रविधिको क्षेत्रमा छन् त कोही निर्माण व्यवसायमा । आफ्नै जिल्लाको पर्यटयिक विकासका लागि केही गरौं भनेर होटलक्षेत्रमा लगानी गरेको गप्ता बताउँछन् । उनी भन्छन्,–‘यही सोच्दै जाँदा गुन्द्रुक होटल जन्मिएको हो ।’ गुन्द्रुक अर्थात सिन्की । नेपालमा निकै प्रचलन हुन्छ । यही नामबाट होटलको नाम पनि गुन्द्रुक राखिएको गुप्ताले बताए ।

पाँच जना संचालक मध्ये गोविन्द गुप्ता। जो आईटि अफिसर र यसक्षेत्रमा व्यवसायमा सक्रिय छन् ।

प्रकाशित मितिः     २५ बैशाख २०७६, बुधबार १३:०१  |