नेपालगन्ज, २६ बैशाख : कृषि प्रधान देश भनेर चिनिने नेपालमा कृषिक्षेत्रको आधुनिकिकरणको बिषय कागजमै सीमित भएको छ । त्यसको एउटा मात्र उदाहरण हो, नीजिक्षेत्रले भित्रा्एको कृषि सामाग्रीको बिक्री बितरण अपेक्षा गरे अनुसार नहुनु । बाँके र बर्दिया जस्ता प्रशस्त जग्गा जमिन भएका ठाउँमा समेत कृषिक्षेत्रमा अत्याधुनिक मेशनरी औजारको प्रयोग अपेक्षाकृत हुन सकेको छैन । ‘न धेरै न थोरै ठिक ठिकै आधुनिक मेशिनको प्रयोग भएको छ ।’ पाँचवर्ष देखि यस्ता सामानको बिक्री बितरण गर्दै आएका जी नुरैन मुल्तमिस ( साहिल) ले भने–‘कृषिक्षेत्रमा आधुनिकिकरण गर्ने हो भने अहिलेको तालले केही हुँदैन ।’
साहिल नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुरमा रहेको हिमाल टे«ड कन्र्सन प्रालिका सन्चाल हुन । उनी पाँच वर्षदेखि कृषि औजार र निर्माणसंग जोडिएका सामाग्राीहरुका बिक्री बितरणमा सक्रिय छन् । त्यसैको अनुभवको आधारमा पश्चिम नेपालमा कृषि औजारको प्रयोगको अवस्था कस्तो छ भन्ने प्रश्न उनलाई सोधेका थियौं । उनको जबाफ थियो,–‘बिगतको भन्दा केही न केही फरक त भएको छ । तर एकदमै सुस्त ।’ उनले कृषि औजारमा सरकारले अनुदानको व्यवस्था गर्न सके यसको प्रयोग बढ्ने बताए ।
भित्रियो आलु रोप्नेदेखि उँखु लगाउनेसम्मका मेशिन
साहिलका अनुसार हिमाल टे«ड कन्र्सनले पछिल्लो समेत केही अत्याधुनिक कृषि औजार ल्याएको छ । आलु रोप्ने, आलु निकाल्नेदेखि उँखु लगाउनेसम्मको मेशिन ल्याएर पनि बिक्री भइसकेको छ । तर त्यस्तो मेशिन कृषक स्वयंले नभई कृषिक्षेत्रमा काम गर्ने संस्था मार्फत बिक्री बितरण भएको छ । ‘कृषक एक्लैले यस्ता मेशिन खरिद गर्नुभएको छैन’ साहिलले भने–‘ संस्था मार्फत केही बिक्री भएको छ ।’ कृषक स्वयंले यस्ता मेशिन खरिद गरेर प्रयोग कहिले गर्लान भन्ने प्रश्न उठेका छन् । साहिल भन्छन्,–‘जुन दिन यस्ता औजारको प्रयोग हुन्छ त्यसदिन नेपालको कृषी प्रणालीमा आधुनिकिकरण भएको मान्न सकिन्छ ।’
थ्रेसरको माग बढेको छ
आधुनिक मेशिनमा थ्रेसरहरुको प्रयोग भने बढेको छ । धान, गहुँमा प्रयोग हुने थ्रेसर र पावर टे«लर जस्ता मेशिन सहजै बिक्री हुन्छन् । यो सबैभन्दा चलनचल्तीका सामाग्रीहरु हुन । अब कृषकलाई यि सामाग्रीबाट अपग्रेड गराएर अन्य औजारको खरिदका लागि प्रोत्साहन गर्नुपर्ने साहिलको भनाई छ ।
अब यसरी चल्दैन, सरकारलाई यस्तो छ सुझाव
कृषि सामाग्रीको प्रयोगले कृषि उत्पादन बढाउँछ । त्यसैले सरकारले सामुहिक हुन्छ वा एकल खेती गरेर कृषकलाई आधुनिक कृषि सामाग्रीको प्रयोगमा प्रोत्साहन गर्नुपर्छ । सानो जग्गामा औजारको प्रयोग गर्न सकिदैन भने त्यसलाई सामुहिक खेतीमा लैजानुपर्छ । स्थानीइ, प्रदेशदेखि केन्द्र सरकारले कृषकलाई प्रोत्साहन गर्नुपर्छ ।