प्रतिकुल अवस्थामा पनि एक अर्व ७७ करोड मूल्यको जडीबुटी निकासी


नेपालगन्ज, २६ बैशाख : चालु आर्थिक वर्ष २०७५/२०७६ को चैतसम्म नेपालगन्ज नाकाबाट रु एक अर्व ७७ करोड मूल्य बराबरको जडिबुटी निकासी भएको छ । प्रतिकुल अवस्थामा पनि यतिका जडिबुटी निर्यात भएको हो । यहाँबाट निर्यात हुने मुख्य दश निर्यात सूचिमा जडिबुटी मात्रै रहेको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार चैत मसान्तसम्म रु १ अर्व ७७ करोड मुल्य बराबरको १२ हजार ६ सय ५१ मेट्रिक टन जडिबुटी निकासी भएको छ । यसमा बिभिन्न थरीका जडिबुटी पर्छन् । हेर्नुहास् निर्यात भएको जडिबुटीको सूचि…

जडिबुटी निर्यातबाट नेपालगन्ज भन्सारले रु ६६ लाख राजश्व संकलन गरेको छ । राजश्व संकलनको अवस्था हेर्नुहोस्…

जडिबुटीको समस्या के हुन ?

भारत सरकारले क्वारेन्टाइन सम्बन्धी नयाँ निती लागु गरी जारी गरेपछि नेपालगंज नाकाबाट हुने जटिबुटीको निकासी रोकिएको छ । ८० किसिमका जडिबुटी मध्ये २६ वटाको नाम मात्रै उल्लेख गरिएपछि निकासीमा समस्या आईपरेको हो । पषाणवेद, कुरिलो (सतावर), आमला, पदमचाल, चिराइतो, अमलवेद, अतिष, कालादाना र सिकाकाई लगायतका जडिबुटीको निकासी २०७५ मंसिर देखी नै रोकिएको भएपनि हाल सबै प्रकारका जडिबुटी निकासी हुन नसकेको ब्यवासायिहरुले जनाएका छन ।

भारतका बोटबिरुवा र तिनका अंशका आयातलाई ब्यवस्थित गर्न विरुवा क्वारेन्टाईन सम्बन्धी आदेश २००३ जारी गरी सोको अनुसुचि ७ मा सुचिकृत जडिबुटीहरुको हकमा मात्र निर्यात गर्न भारतले जारी गरेको फाईटोसेनीटरी सम्बन्धी प्रमाण पत्र मात्र भारतले स्वीकार गर्ने ब्यवासायि रबिन्द्रनाथ शुल्कले बताउनुभयो ।

प्रकाशित मितिः     २६ बैशाख २०७६, बिहीबार १८:४६  |