अरुका कपडा चिटिक्क पार्ने ६६ वर्षिय जुठे दमाईको दुवै मृर्गौला फेल, सहयोगको याचना


जुठे दमाईको स्वास्थ्य अवस्था बुझ्दै राप्रपाका युवा नेता ऋषीराज देवकोटा ।

नेपालगन्ज, २८ बैशाख : नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरका ६६ वर्षिय जुठे दमाईको जीवन अरुका कपडा सिलाएरै बित्यो । कपडा सिलाएर अरुलाई चिटिक्क पारिदिने यि बृद्ध अहिले कष्टकर भोग्दै छन् ।

दुबै मृर्गौला फेल भएपछि जुठेको जीवन कष्टकर बनेको हो । ६४ वर्षको उमेरमा कपडा सिलाएरै साँझ र बिहानको छाक टार्दै आएका उनलाई मृर्र्गाैला प्रत्यारोपण गर्नु भनेको कल्पना भन्दा बाहिर कुरा हो । ‘छाक टार्नै मुस्किल छ । यत्रो उपचार खर्च कसरी व्यहोर्नु ।’– जुठेले भने । आफुप्रति आश्रित श्रीमती र छोरीको बिचल्ली पर्ने चिन्ताले झनै सताउँछ उनलाई ।

जुठेको उपचार सहयोगका लागि राप्रपाका युवा नेता ऋषीराज देवकोटाले साथ दिएका छन् । उनले सामाजिक सन्जालमा जुठेको फोटो राखेर सहयोगका लागि अपील गरेका छन् । ‘जीवनभर अरुको कपडा सिलाएर चिटिक्क पार्ने बृद्धलाई समस्या परेका बेला सहयोग गर्नु हाम्रो दायित्व हो । व्यक्तिगतरुपमा म नि सहयोग गर्छु । यहाँहरुको पनि साथ रहोस् ।’–जुठेले भने ।

प्रकाशित मितिः     २८ बैशाख २०७६, शनिबार १८:०१  |