कर्णाली डेभलपमेन्ट बैंकको खुद नाफा ह्वात्तै बढ्यो


नेपालगन्ज,२८ बैशाख : नेपालगन्जमा प्रधान कार्यालय रहेकोे कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ४५७.२३५ ले धेरै हो । गत वर्ष बैंकले ११ लाख ९५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ३.४१५ ले बढेर ४ करोड ५६ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष कर्णालीले ४ करोड ४१ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले सञ्चालन नाफामा आकर्षक वृद्धि देखाएको छ । गत वर्ष १८ लाख ७८ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष ४५७.१८५ ले बढेर १ करोड ४ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।

हालसम्म कर्णालीले २ अर्ब ९८ करोड २९ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९४ करोड ३१ लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष २ अर्ब १२ करोड ९६ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १४ करोड ११ लाख ८७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको छ । पुँजी गत वर्षको भन्दा २३३५ ले वृद्धि गरेको हो । बैंकले पुँजी वृद्धि गर्न २२५५ हकप्रद सेयर बिक्री गरेको थियो । कर्णालीले गत वर्षको तुलनामा रिजर्भ कोष केही सुधार गरेपनि अझै देरिलो बनाउनुपर्ने चुनौती रहेको छ । रिजर्भ कोषमा ४ करोड ६९ लाख बाट बढाएर अहिले ५ करोड १६ लाख १७ हजार रुपैयाँ पुर्याएको छ ।

खराब कर्जा पनि ३.२९५ बाट घटेर १.५७५ पुगेको छ । बैंकको कस्ट अफ फन्ड ९.२०५ छ । प्रतिसेयर नेटवर्थ भने ११० रुपैयाँ २७ पैसा रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ३२ पैसा देखाइएको छ ।

प्रकाशित मितिः     २८ बैशाख २०७६, शनिबार १६:१५  |