लगानीकर्तालाई एउटै घरबाट सबै सेवा दिने एकल बिन्दु केन्द्र सञ्चालनमा


काठमाडौं। सरकारले एकल बिन्दु सेवा केन्द्र सन्चालनमा ल्याएको छ। उद्योग मन्त्री मातृकाप्रसाद यादवले बुधबार सेवा केन्द्रको उद्घाटन गरेका छ्न्। २५ वर्षपछि सञ्चालमा आएको सेवा केन्द्रबाट उद्योग दर्ता सम्बन्धी एकै स्थानबाट प्रदान हुने छ। निर्देशिका बनाएपछि सञ्चालनमा ल्याइएको सेवा केन्द्रमा ४१ जना कर्मचारी रहने व्यवस्था छ।

हाल उद्योग दर्ता गर्दा छरिएर रहेका सरकारी निकाय एकै स्थानमा हुनेछन्। सेवा केन्द्रभित्र उद्योग दर्ता, कम्पनी रजिष्ट्रार, वातावरण प्रभाव मूल्याङकन इआइए, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण, विदेशी व्यवसायीलाई भिषा प्रक्रिया, पुर्वाधार, जग्गा प्रशासन, निर्यात, भन्सार नीति, राष्ट्र बैंकलगायतका शाखा कार्यालयहरु रहनेछन्।

एउटा उद्योग दर्ता गर्न आउने सबै प्रकारका सेवा एउटै भवनबाट उपलब्ध हुने छ। केन्द्रले उद्योगको लागि हदबन्दी भन्दा धेरै जग्गा चाहिएमा पनि सिफरिस गर्नेछ। भन्सार प्रशासनको काम साथै राष्ट्र बैंकले एक जना निर्देशक पठाउनेछ। बैंकबाट हुने काम समेत यसै केन्द्रबाट हुनेछ।

केन्द्र स्थापनाको अनुमानित लागत १६ करोड २५ लाख २३ हजार रुपैँया हो। केन्द्रले लगानीकर्तालाई अनलाइनबाट सेवा प्रदान गर्ने उद्योग सचिव यमकुमारी खतिवडाले बताईन्। उनले धेरै हल्लाभन्दा पनि काम गरेर देखाउने बताईन्।

उद्योग मन्त्री यादवले अब लगानीकर्तालाई एउटै ढोकाबाट सबै खालको सेवा उपलब्ध हुने बताए।

प्रकाशित मितिः     १ जेष्ठ २०७६, बुधबार १४:३५  |