अब नेपालगन्जमै ‘गो कार्ट’को मज्जा ! ( हेर्नुहोस् भिडियो)


नेपालगन्ज, १ जेठ : बर्दियाको बढैयाताल गाउँपालिकाका तीनजना युवाले बिदेशमा खेलिने तर नेपालका लागि नौलो ‘गो कार्ट’ नेपालगन्ज भित्रा््एका छन् । झण्डै ३० लाखको लगानीमा नेपालगन्जको सुर्खेतरोडमा रहेको बिनि फिटनेशको कम्पाउण्ड भाडामा लिएर ‘गो कार्ट’को ट्रयाक तयार गरिएको छ ।

‘सपोटिज गोकार्ट प्ले जोन’ जेठ ९ गतेबाट सन्चालन गर्ने गरी तयारी भइरहेको सन्चालक गिरिधर गौतमले जानकारी दिनुभयो । गौतम सहित नरेन्द्र खनाल, आशिस भट्टराई मिलेर यो खेल भित्रा्एका हुन । गो कार्ट जिपमा जस्तै बसेर खेल्न मिल्ने खेल हो । यसका लागि चारवटा गो कार्ट ल्याईएको छ । त्यसैमा बसेर कार चलाएझैं गो कार्ट कुदाउन मिल्छ ।

झण्डै अढाई समय मिटरको ट्रयाक तयार गरिएको छ भने सुरक्षाका लागि ट्रयाक वपरपर दर्जनौ टायर राखिने खनालले बताउनुभयो । ‘यहाँका लागि नौंलो खेल हो । यसलाई जतिसक्यो उति सुरक्षित बनाउनका लागि बिभिन्न उपाय अपनाउँछौ ।’– गौतमले भन्नुभयो । गो कार्ट खेल्नेले निश्चित शुल्क बुझाउनुपर्नेछ । उक्त शुल्कका आधारमा खेल्न दिइने खनालले बताउनुभयो । उहाँले यसक्षेत्रका पर्यटकका लागि पनि यो खेल नौलो हुने उल्लेख गर्नुभयो ।

प्रकाशित मितिः     १ जेष्ठ २०७६, बुधबार १३:४१  |