फत्तेपुरमा २० घरपरिवारलाई बाख्रा र चल्ला बितरण


बाँके २ जेठ : बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरका २० घरपरिवारलाई कतार च्यारिटीको सहयोगमा युनेस्को क्लब बाँकेले बिहिवार बाख्रा र चल्ला बितरण गरेको छ । जिविकोपार्जनका लागि साना किसान सहायता कार्यक्रम अन्र्तगत उक्त सहयोग प्रदान गरिएको हो ।

यनेस्को क्लब बाँकेले १२ घरपरिवारलाई प्रति परिवार एक सयवटा कुखुराको चल्ला,त्यसको व्यवस्थापनका लागि आवश्यक पर्ने २ सय ५० किलो दाना पानी राख्ने भाडा, टिन लगायतका सामाग्री बितरण गरेको छ । त्यस्तै ८ घरपरिवारलाई प्रति परिवार चारवटा बाख्रा र एउटा खसी दिईएको छ ।

क्लबका अध्यक्ष परवेज अलि सिद्धिकी, बरिष्ठ उपाध्यक्ष सिराज खान, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष रामलखन थारु, कतार च्यारिटीका प्रतिनिधि इसराद शेषले प्राप्त सहयोगलाई उपयोग गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मितिः     २ जेष्ठ २०७६, बिहीबार १५:४५  |