मिडिया काउन्सिल बिधेयक बिरुद्ध नेपालगन्जमा प्रर्दशन


बाँके ३ जेठ : नेपाल पत्रकार महासंघ बाँके शाखाको अगुवाईमा आज शुक्रबार बिहानमा नेपालगन्जमा मिडिया काउन्सिल बिधेयकको बिरुद्ध प्रदर्शन भएको छ । प्रस्तावित मिडिया काउन्सिल बिधेयकले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने पत्रकारका अगुवाहरुले बताएका छन् । महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा भएको बिरोेध कार्यक्रममा पत्रकार, कानुन व्यवसायी र नागरिक समाजका अगुवाले बोलेका थिए ।

प्रकाशित मितिः     ३ जेष्ठ २०७६, शुक्रबार ०९:०४  |