‘समृद्धि बाँके’ का लागि आगामी बजेटमा यस्ता योजना समेट्न ‘अथक’को ध्यानार्कषण


बाँके ३ जेठ : बाँके क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज ‘अथक’ विकास निर्माणका मुद्दामा चिन्तन, मनन मात्र गर्दैनन् त्यसलाई कार्यान्वयन गर्न सकेसम्म लाग्छन् । प्रत्यक्ष जनताको घरदैलोमा पुगेर विकासका बारे मन्थन गर्नेदेखि सिंहदरवारमा पुगेर प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको ध्यानार्कषण गराउँछन् । त्यसैले उनी ‘एक्टिभ’ सांसदको सूचीमा छन् ।

आफ्नो निर्वाचन क्षेत्र बिशेष मात्र नभई सिङ्गो जिल्लाको विकासका लागि उनले लामो समयदेखि केही महत्वपुर्ण योजनाहरुलाई निरन्तर उठाइरहेका छन् । यदि ती कार्यान्वयनको तहमा जाने हो भने ‘समृद्ध बाँके’ बन्न धेरै समय लाग्दैन । यद्यपी यि मुद्दाको उठान अथक बाहेक अरुले नगरेको भन्ने चाही होइन । तर सत्तारुढ दलको नेता र सांसदले ती मुद्दालाई सडकदेखि सदनसम्म उठाउँदा कार्यान्वयनका चरणमा पुग्न प्रभावकारी हुने सबैको बुझाईछ ।

सरकारले आर्थिक वर्ष २०७६र २०७७ को नीति तथा कार्यक्रम राष्ट्रपति मार्फत संसदमा पेश गरिसकेको छ । अब बजेट आउने तरखरमा छ । हरेक क्षेत्रमा नेता तथा सांसदहरुले आउने बजेटमा आफ्नो निर्वाचन क्षेत्रमा बजेट पार्न सक्रिय भुमिका खेलिरहेका छन् । यस्तै क्रममा सांसद अथकले केही दिन अघि अर्थमन्त्री युवराज खतिवडासंग भेटेर ‘समृद्ध बाँके’का लागि यसअघि उठाउँदै आएको योजनामा बजेट पार्न आग्रह गरे । संघीयले राजनीतिक र प्रशासनिक शक्ति गुमाएको महसुस गरेको बाँकेलाई अर्थमन्त्रीले कति बजेट पारिदिन्छन् त्यो हेर्न बाँकी नै छ । तर यहाँका जनप्रतिनिधि अथकले अर्थमन्त्रीलाई भेटेर यहाँका दर्जन बढि योजना कार्यान्वयनका लागि आगामी आर्थिक वर्षमा बजेट पार्न आग्रह गरे ।

गहतराजले नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिका लागि अर्थमन्त्रीसँग बजेट माग गरेका छन् । सिक्टा सिँचाइ आयोजनाको काम सम्पन्न गर्न राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका सबै वडाहरुमा विद्युतीकरण गर्नका लागि आवश्यक बजेटको ब्यवस्था गर्न, राप्ती नदी र डुडुवा नालाको दुवै साइडमा पक्की तटबन्धका लागि बजेटको व्यवस्था गर्न पनि माग गरेका छन्।त्यसैगरि कोहलपुरमा सगिन सहरीकरण कार्यक्रम लागू गर्न, नौबस्तामा औद्योगिक क्षेत्र निर्माण गर्न, कोहलपुरको अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति गर्न, नेपालगञ्जको भेरी हस्पिटललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न पनि आवश्यक बजेटको माग गरेका छन्।सांसद गहतराजले राप्ती सोनारीको कचनापुरमा आर्थिक शेज स्थापना गर्न, रुपैडियादेखि नेपालगञ्ज सुर्खेत दैलेख हुम्ला हिल्सा हुँदै चीन जोड्ने अन्तर्रा्ष्ट्रिय सडक बनाउन माग गरेका छन् ।

नेपालगञ्जदेखि सुयाबगौडासम्मको हुलाकी सडकमा पर्ने मोटरेबल पुल निर्माण गर्न, कोहलपुर चौराहादेखि उत्तरतिरको भागमा मिनि चिडियाखानासहितको बोटानिल पार्क निर्माण गर्न पनि माग गरेका छन्।उनले अगैयादेखि कचनापुर राझा एरपोर्ट बडैयाताल ठाकुरद्वारा हुँदै टिकापुर सम्मको सडक निर्माण र कोहलपुर चप्परगौडीदेखि कालिमाटी हुँदै सल्यानसम्म सडक निर्माणका लागि पनि आवश्यक बजेटको व्यवस्था गर्न अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएका छन्। त्यसैगरि उनले नेपालगञ्जस्थित सुख्खा बन्दरगाहलाई व्यवस्थित गर्न पनि अर्थमन्त्रीसँग माग गरेका छन्। कोहलपुर–सुर्खेत सडक र महेन्द्र राजमार्गको बाँके–बर्दिया खण्ड चार लेनको बनाउनुपर्ने सांसद गहतराजको माग छ। ‘बाँकेलाई निरास नपार्नु भनेको छु ।’ अथकले भने–‘बिश्वास गरौं केन्द्र सरकारले बाँकेलाई प्राथमिकता दिने छ ।’ सांसद अथकले विकासका महत्वपुर्ण योजनाहरु कार्यान्वयनका लागि निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिन्छन् ।‘यो नै अन्तिम हो भन्ने होइन फेरी । कम्तिमा यतिसम्मका योजनाहरु त सुरु गर्यौ । त्यसपछि आगामी दिनमा अझ गर्न बाँकी धेरै छन् ।’– अथकले भने ।

#नेपालगञ्ज विमानस्थलको स्तरोन्नति ।
#सिक्टा सिँचाइ आयोजनाको काम सम्पन्न गर्न राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका सबै वडाहरुमा विद्युतीकरण गर्नका लागि आवश्यक बजेटको ब्यवस्था ।
#राप्ती नदी र डुडुवा नालाको दुवै साइडमा पक्की ।
#कोहलपुरमा सहरीकरण कार्यक्रम लागू गर्न ।
#नौबस्तामा औद्योगिक क्षेत्र निर्माण ।
#कोहलपुरको अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति ।
#नेपालगञ्जको भेरी हस्पिटललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न पनि आवश्यक बजेटको माग ।
#राप्ती सोनारीको कचनापुरमा बिशेष आर्थिक क्षेत्र सेज निर्माण ।
रुपैडियादेखि नेपालगञ्ज सुर्खेत दैलेख हुम्ला हिल्सा हुँदै चीन जोड्ने अन्तर्रा्ष्ट्रिय सडक बनाउनुपर्ने ।

#नेपालगञ्जदेखि सुयाबगौडासम्मको हुलाकी सडकमा पर्ने मोटरेबल पुल निर्माण ।
#कोहलपुर चौराहादेखि उत्तरतिरको भागमा मिनि चिडियाखानासहितको बोटानिल पार्क निर्माण गर्न पनि माग ।
#उनले अगैयादेखि कचनापुर राझा एरपोर्ट बडैयाताल ठाकुरद्वारा हुँदै टिकापुर सम्मको सडक निर्माण र कोहलपुर चप्परगौडीदेखि कालिमाटी हुँदै सल्यानसम्म सडक निर्माणका ।
#नेपालगञ्जस्थित सुख्खा बन्दरगाहलाई व्यवस्थित गर्नुपर्ने ।
#कोहलपुर–सुर्खेत सडक र महेन्द्र राजमार्गको बाँके–बर्दिया खण्ड चार लेन सडक निर्माण ।

प्रकाशित मितिः     ३ जेष्ठ २०७६, शुक्रबार १३:४१  |