वाटरपार्क आयोजना : दशक बित्दा पनि अस्थायी लालपुर्जा बिहिन जग्गा धनी


नेपालगन्ज, ५ जेठ : वाटरपार्क जग्गा एकिकरण आयोजनाका लागि जग्गा अधिग्हण भएको दश वर्षबित्दा समेत अस्थायी लालपुर्जा दिइएको छैन । लालपुर्जा नदिदा उद्योगी, व्यवसायीदेखि सर्बसाधारणसम्मका जग्गा धनीलाई समस्या भएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले सम्बन्धित निकायको ध्यानार्कषण गराएको छ ।

हेर्नुहोस् बिज्ञप्ती

श्रीमान् प्रमुख ज्यू
नगर विकास समिति
नेपालगन्ज, बाँके ।

विषय : वाटरपार्क जग्गा एकीकरण आयोजना सम्बन्धमा ।

महोदय,
उपरोक्त सम्बन्धमा नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा पत्र संख्या १७७, मिति २०७५।०६।१६ गते यहाँको कार्यालयमा पत्र पठाइएको व्यहोरा जानकारीका लागि हार्दिक अनुरोध छ । यसै सन्दर्भमा नेपालगन्ज नगर विकास समितिद्धारा वाटरपार्क जग्गा एकीकरण आयोजना अन्र्तगत रहेका जग्गाधनीहरुका जग्गा अधिग्रहण गरिएको १० वर्ष भन्दा बढी भई सक्दा आजको मिति सम्म पनि अस्थाई लाल पुँर्जा वितरण नगरिएकोले यस क्षेत्रका व्यवसायी एवम् आम नागरिकहरुलाई ठूलो आार्थिक संकट भोग्नु परि रहेका साथै बैंकबाट लिएको ऋण रकमको ब्याज समेत भुक्तानी गर्न नसक्ने अवस्था भएकोले आवश्यक पहल गरि यथाशिर्घ अस्थाई लाल पुँर्जा वितरण गराउने वातावरण मिलाई सम्बन्धित निकायमा पहल गरिदिन हुनका लागि संघ जोडदार माग गर्दछ । यस सम्बन्धमा यथाशिर्घ पहल नगरेमा व्यवसायीहरुको प्रतिनिधित्व गर्दै संघ कठोर कदम चाल्न बाध्य हुनेछ ।
बोधार्थ
१) नेपालगन्ज उपमहानगरपालिका, बाँके ।
२) जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज ।
३) मालपोत तथा भूमि सुधार कार्यालय, बाँके ।
४) नापी कार्यालय, बाँके ।

………………………….
नन्दलाल वैश्य
अध्यक्ष

प्रकाशित मितिः     ५ जेष्ठ २०७६, आईतवार १८:४५  |