मानसरोवर सिजन शुरु : तिर्थयात्रीको पहिलो समूह नेपालगन्ज बिमानस्थलबाट प्रस्थान


नेपालगन्ज, ६ जेठ : यो वर्षको मानसरोवर तिर्थयात्राका लागि पहिलो समूह नेपालगन्ज बिमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको छ । भारतीय तिर्थयात्रुहरुको समूह गत शनिबार हुम्ला हुँदै मानसरोवर तिर्थयात्राका प्रस्थान गरेको हो । बिगतका वर्ष भन्दा यसपटक ढिलो गरी मानसरोवर सिजन शुरु भएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

मानसरोवर सिजन शुरु भएसंगै नेपालगन्ज बिमानस्थलको यात्रुको चाप बढेको छ । यात्रुको चापसंगै हजाई जहाज कम्पनीले उडान थप गरेका छन् । सिता,तारा र समिट एयरले उडान थप गरेका छन् । पाँचवटा जहाजले सेवा सुरु गरेका छन् । भारतीय तिर्थयात्रीहरु हजाई जहाज र सडकमार्गबाट नेपालगन्ज आउने गरेका छन् । यहाँबाट हुम्लाको सिमिकोटसम्म हजाईजहाजमा गएपछि त्यसपछि हिल्सासम्म हेलिकप्टरमा जाने गर्छन । त्यहाँबाट तिब्बत भूमिमा पैदल र घोडाबाट मानसरोवर पुग्ने गरेका छन् । मानसरोवर सिजन असोजको पहिलो सातासम्म चल्नेछ ।

नागरिक उड्यन प्राधिकरण नेपालगन्ज कार्यालयका प्रमुख प्रेमचन्द्र ठाकुरले यसपटक झण्डै दशहजार तिर्थयात्री नेपालगन्ज हुँदै कैलाश जाने अनुमान गरिएको बताए । तिर्थयात्रीको आगमनसंगै यहाँका होटलहरु भरिभराउ हुने गरेका छन् ।

तस्वीर र भिडियो : हिमालयन टिभीबाट साभार

प्रकाशित मितिः     ६ जेष्ठ २०७६, सोमबार ०८:१०  |