‘आर्ट अफ लिभिङ्ग’ले पोखरामा गर्ने ‘यूथ इन एक्सन’ मा बाँकेको पनि प्रतिनिधित्व हुने


नेपालगन्ज, ६ जेठ : बिश्वभर अध्यात्म मार्फत स्वयंसेवा गर्दै आएको ‘आर्ट अफ लिभिङ्ग’ले पोखरामा जेठ १६ गतेदेखि १८ गतेसम्म ‘यूथ इन एक्सन’ कार्यक्रम पोखरामा सन्चालन गर्ने भएको छ । युवा उद्यमशिलतालाई प्रोत्साहन गर्न आयोजना हुन लागेको उक्त कार्यक्रममा देशभरका एक हजार युवा सहभागि हुँदै छन् ।

उक्त कार्यक्रमका बिषयमा ‘आर्ट अफ लिभिङ्ग’ पोखराका अभियानताले सोमबार नेपालगन्जका पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । ‘आर्ट अफ लिभिङ्ग’ नेपालगन्जको आयोजनामा भएको पत्रकार सम्मेलनमा ‘आर्ट अफ लिभिङ्ग’की शिक्षिका सौम्य गुरुङ्गले युवा दृष्टि र सोचमा सकारात्मकता उजागर गर्दै उनीहरुको रचनात्मक बिचार, उर्जा र विज्ञता देश निर्माणमा लगाउने उदेश्यले कार्यक्रम गर्न लागिएको बताईन ।

युवाहरुमा उद्यमशिलतासंगै सार्थक आध्यात्मिक संलग्ता भूमिकाका बारेमा बृहद बह पनि हुने गुरुङ्गले जानकारी दिईन । उक्त कार्यक्रममा बाँकेबाट पनि अधिकत्म युवायुवतीहरुको सहभागिता रहने आर्ट अफ लिभिङ्ग नेपालगन्जका अध्यक्ष सन्जय थापाले बताए । चारदिनसम्म आवासीयरुपमा चल्ने कार्यक्रमका लागि सहभागि हुने युवाहरुको उमेर १८ वर्षदेखि ३५ वर्षसम्मको हुनुपर्ने जनाइृएको छ ।

प्रकाशित मितिः     ६ जेष्ठ २०७६, सोमबार १८:१०  |