नेपालगञ्ज । आर्थिक वर्ष २०७६र७६ को ९ महीनामा बाँकेमा ९६ ओटा सवारीसाधन दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालक, ११ महिला र ३४ जना पुरुष छन् । यस्तै ११० जना घाइते भएकोमा ६ बालबालिका, ३७ महिला र ६७ पुरुष छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेको तथ्यांक अनुसार सवारी दुर्घटनामा २१ जना चालकको मृत्यु र १९ जना घाइते भएका छन् । तथ्यांकले चालकको लापरबाहीबाट सबैभन्दा धेरै सवारी दुर्घटना भएको देखाएको छ ।
त्यस्तै शुक्रवार सबैभन्दा बढी सवारी दुर्घटना भएको पाइएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायका अनुसार रत्न राजमार्गमा सबैभन्दा ३१, महेन्द्र राजमार्गमा १९, हुलाकी राजमार्गमा तीन र अन्य सडकमा २० ओटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा सबैभन्दा धेरै मोटरसाइकल परेका छन् । ९६ दुर्घटनामध्ये ४८ ओटा मोटरसाइकलका छन् ।प्रहरी निरीक्षक रोकायका अनुसार साँझ ६ बजेपछि सबैभन्दा धेरै (३१ ओटा) दुर्घटना भएका छन् ।
त्यस्तै दिउँसो १२ देखि साँझ ६ बजेको समयमा २६, बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म १३ र राति १ बजेदेखि बिहान ६ बजेसम्म तीनओटा सवारी दुर्घटना भएका छन् ।यसैगरी मापसे गरेर सवारी चलाउने ९१ र हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ३३७ जनालाई कारबाही गरिएको छ । साथै ट्राफिक कम्युनिकेशन एप्समार्पmत १२६ जनालाई कारबाही गरिएको उल्लेख छ । चालू आवमा ट्राफिक नियमसम्बन्धी चेतनामूलक कक्षा विद्यार्थी, सवारी चालक, सर्वसाधारण लगायत ६ हजार ३१० जनालाई दिइएको प्रहरी निरीक्षक रोकायले जानकारी दिए ।
#भक्तबहादुर शाही /आर्थिक अभियानबाट#