लिचीको ब्यापार


नेपालगन्जको धम्बोझीचोकमा ठेलामा लिचि  बिक्री गर्दै । मीठो फल लिची स्वाद र पौष्टिकताको दृष्टिले सर्वोत्तम फलहरूमध्ये एउटा प्रमुख फल हो लिची । यो एउटा बाक्लो बोक्रामाथि स-साना गोलाकारका काँडाजस्ता गीर्खाहरू भएको सानो आकारको फल हो । राम्रोसँग पाकेपछि यसको बोक्रा रातो वा गुलाबी रङको हुन्छ र यही रातो वा गुलाबी रङको बोक्राभित्र पाइने सेतो प्रकारको गुदी नै स्वादिष्ट हुन्छ । नेपालगन्जमा अहिले भित्रिएको चिलीको मुल्य प्रति केजि १ सय ५० सम्म छ । भारतबाट लिची भित्रिन्छ ।

 

प्रकाशित मितिः     ७ जेष्ठ २०७६, मंगलवार १७:४७  |