बेलायती मन्त्री नेपालगन्जमा : दश हजार मेट्रिकटन क्षमताको भण्डारण कक्ष शिलान्यास


बाँके, ८ जेठ : गृहमन्त्रालय र नेपाल नागरिक उडड्यन प्राधिकरणको साझेदारीमा विश्व खाद्य कार्यक्रमद्धारा सन्चालन हुने गरी नेपालगन्ज बिमानस्थलमा प्रदेश ५ स्तरिय फर्वाड लजिस्टिक बेस अर्थात आपत्कालिन सामाग्री भण्डारण कक्षको बुधवार शिलान्यास गरिएको छ । बेलायतकी अन्तर्राष्ट्रिय विकास मन्त्री बेनोरेस एलिजाबेथले आपतकालिन खाद्य भण्डारण शिलान्यास गर्नुभएको हो ।

मे महिनाबाट निर्माण शुरु हुने उक्त आपतकालिन सामाग्री भण्डारण केन्द्रको लागत रु १ करोड २५ लाख रहेको छ । दश हजार मेट्रिक टन क्षमताको हुने उक्त भण्डार केन्द्र आगामी सेप्टेम्बर महिनासम्म बनिसक्ने छ । नेपालगन्ज स्थित बन्न लागेको उक्त संरचना प्रदेश तथा राष्ट्रियस्तरमा आपत्कालिन कार्यहरु सन्चालन गर्नका लागि प्रदेशस्तरमा निर्माण गर्न लागेको पहिलो हो ।

उक्त भण्डारण कक्ष निर्माण भई सन्चालन भएपछि दुर्तरुपमा हरेक जिल्लामा हुने आपत्कालिन सामाग्री पठाउन सहज हुने छ । यस्तो कार्यले धेरै पीडितहरुको ज्यान जोगाउन सकिने अपेक्षा गरिएको छ । भण्डारण कक्ष शिलान्यास कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर लगायत उच्च तहका सरकारी कर्मचारीको सहभागिता थियो ।

प्रकाशित मितिः     ८ जेष्ठ २०७६, बुधबार ११:१३  |