बाँके ९ जेठ : बैजनाथ गाउँपालिका वडा नम्बर १ गाभरमा तीस जना महिलाको समूहले कागती खेती शुरु गर्न थालेको छ । आठ बिगाह क्षेत्रफलमा लगाउन लागिएको कागती खेतीका लागि झण्डै एक करोड लागत लाग्ने महिला कृषकहरुले बताएका छन् । त्यसका लागि प्रारम्भमा प्रति सदस्य १ लाखका दरले तीस लाख संकलन गरेका छन् ।
गाभर भ्याली पर्यटकियक्षेत्र भएकाले कागती फार्मको नाम पनि कागती पार्क नामाकरण गरिएको गाभर पर्यटकियक्षेत्रमा प्रमुख अभियानता कृष्ण चौधरीले जानकारी दिएका छन् । त्यहाँ उत्पादन हुने कागतीले बिदेशबाट आउने कागतीलाई केही भएपनि रोक्न सक्ने बिश्वास गरिएको छ ।
पार्कमा एक हजार कागतीका बेर्ना लगाइने छ । बाँके राष्टिय निकुन्जको क्षेत्र नजिक पर्ने भएकाले त्यसक्षेत्रमा बालीनाली जंगली जनावरले खाईदिने गरेका छन् । त्यसको बिकल्पमा पनि कागती खेती गर्न सहज भएको हो ।