प्रदेश ५ को नीति तथा कार्यक्रम आज, नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने


नेपालगन्ज, ९ जेठ : प्रदेश नम्बर पाँचको नीति तथा कार्यक्रम आज प्रदेश सभाको बैठकमा प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख उमाकान्त झाले नीीत तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदैछ ।

आज अपरान्ह ३ बजे बोलाइएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७६।०७७ को लागि नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालु आर्थिक वर्षमा समावेश भएका कार्यक्रमलाई निरन्तरता दिदै प्रदेश योजना आयोगले तयार पारेको प्रथम आवधिक योजनाका आधारमा नीति तथा कार्यक्रमहरु समेटिने बताइएको छ ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज प्रस्तुत हुने नीति तथा कार्यक्रमको नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण कोहलपुरले प्रत्यक्ष प्रशारण गर्नेछ । त्यस्तै प्रदेशका स्थानीय टिभी र रेडियोहरुले प्रत्यक्ष प्रशारण दिने छन् ।

प्रकाशित मितिः     ९ जेष्ठ २०७६, बिहीबार १२:३१  |