यसकारण एकपटक पुग्नै पर्ने ठाउँ हो बर्दिया


  • सन्जिव पौडेल

बिक्रम संम्बत १९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले ईष्ट ईण्डिया कम्पनिलाई सहयोग गरेवापत वि.स. १८७३ को सुगौली सन्धिबाट गुमेको भू–भाग मध्य पुरस्कार स्वरुप वि.स. १९१७ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गरेका थिए त्यसैले बर्दिया लगायतका जिल्लाहरुलाई नयाँ मुलुकको रुपमा चिनिन्छन् । त्यस्तै बर्दिया तालको जिल्ला , थारु बाहुल्यता भएको जिल्ला, जंगलै जंगलको जिल्ला, कृष्णसारको जिल्ला, लामो पुलको जिल्ला तथा कर्णाली पुलको जिल्लाको नामले पनि चिनिन्छ बर्दिया जिल्ला ।


बर्दिया जिल्ला घुम्न जादा यी विभिन्न पर्यटकीय सम्भावना तथा विशेषताहरु भएको हुदा जान्न बुझ्न मनोरंजन गर्न पाइन्छ
१) नेपालकै सबैभन्दा लामो कर्णाली (गेरुवा) नदिमा बनेको कोठियाघाट पुल (१०१५ मि.) छ
२) नेपालमै सबैभन्दा बढी पाटेबाघ, गोही , डल्फिन, गजराज तथा बिश्वकै दुर्लभ खर मयुर, सानो खर मयुर, सिम तित्रा, सारस, भुँडीफोर गरुड, उत्कोशी फ्याफ्याले, डांगर गिद्द, सानो खैरो गिद्द, सेतो गिद्द, सुन गिद्द, बोक्सी चिल, जीवहारा महांचिल, लघु महांचिल, राजहंचे, घेघरी घाँसे फिस्टो, बगाले बगेडी जस्ता चरा चुरुंगी तथा जीव जन्तु बिबिध प्रजाति रहेको बर्दिया राष्ट्रिय निकुन्ज छ ।
३) एसियामै १ खम्बाबाट पहिलोपटक निर्माण भएको कर्णाली चिसापानी पुल छ ।


४) बिश्वमै दुर्लभ मानिएको र प्राकृतिक रुपले संरक्षण भएको कृष्णसार गुलरिया नगरपालिकाको खैरापुरमा पाइन्छ ।्र
५) पुरातत्वले महत्वपुर्ण र नेपाल सरकारबाट हुलाक टिकट प्रकाशन भएको ठाकुरबाबा मन्दिर दर्शन गर्न ठाकुरबाबा नगरपालिका वाड न ९ मा जानु होला ।
६ )कोटाही मन्दिर, बागेश्वरी मन्दिर दर्शन गर्न गुलरिया नगरपालिका जानू होला ।
७)बिश्व प्रसिद्ध १०८ फिट अग्लो ज्योतिलिङ्ग १०८ वटा धारा र १०८ वटा कैलाशमार्ग भएको केदारेश्वोर धामको दर्शन गर्न बासगडी नगरपालिका को बजार जानुहोला ।
८)प्राकृतिक रुपले निर्मित, दक्षिण एशियाका चराचुरुंगीको क्रिडा स्थल, कमलको फुल जस्ता गुणले सम्पन्न र संरक्षण गरिएको १०५ बिगाहा क्षेत्रफलमा फैलिएको बढैयाताल हेर्न बढैयाताल गाउँपालिकामा जानू होला ।
९)प्राकृतिक रुपमा रहेको २०० बिगाहा क्षेत्रफलमा फैलिएको सतखलुवा ताल हेर्न बारबर्दिया नगरपालिका जानू होला ।
१०)जिल्लाको करिब ५३ प्रतिसत जनघनत्व रहेको थारु जाति, राजी, चेपांग, आदि बिबिध सांस्कृतिको बारेमा जान्न नभुल्नु होला
११)बर्दिया जिल्ला अन्नको भण्डार हो ।
१२)बर्दिया जिल्लामा कुरिलो , घ्यु कुमारी जस्ता अनेक जडिबुटी पनि पाइन्छ ।.
यस्तै अनेकौं पर्यटकिय स्थल छ्न बर्दियामा घुम्न जाउ बर्दिया एक पल्ट सफल बनाउ बर्दिया भ्रमण बर्ष २०७६ ।

प्रकाशित मितिः     ९ जेष्ठ २०७६, बिहीबार १३:१६  |