नेपालगन्ज ११ जेठ : प्रदेश ५ सरकारले तीन सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ । जेठ ९ गते प्रदेश संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सौर्य उर्जा सम्बन्धी उक्त कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको छ ।
सौर्य ऊर्जाको बिस्तारमा जोड दिने नीति लिने प्रदेश सरकारले त्यसको लागि अध्ययन, पहुँच मार्ग तथा प्रसारण लाइन निर्माण, जग्गा प्राप्तिको सहज व्यवस्था आफै गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश सरकारकाले सौर्य उर्जाका लागि आफ्नै लगानीमा नमूना प्लान्ट निर्माण गरी व्यावसायिक सौर्य ऊर्जामा निजी लगानी आकर्षित गरिनेछ ।
पाँच वर्षमा कम्तीमा ३०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्यका साथ आगामी वर्ष यसको सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण कार्य शुरु योजना बनाएको छ । त्यस्तै प्रदेश ५ को सरकारले जैविक उत्पादनमार्फत् नवीकरणीय स्वच्छ ऊर्जाको प्रयोग वृद्धि, ऊर्जामा आत्मनिर्भरता तथा रोजगारी वृद्धिका लागि वायोब्रिकेट, वायोडिजेल र वायोग्यास लगायतका उत्पादनको प्रवद्र्धन गर्ने नीति लिएको छ ।
सौर्य ऊर्जा भनेको के हो ?
सौर्य ऊर्जा भनेको सुर्यको किरणबाट प्राप्तहुने ऊर्जा हो । परापूर्वकाल देखिनै मानिसहरुले सुर्यको तापबाट प्राप्त सौर्य ऊर्जालाई जानेर या नजानेर ऊर्जा शक्तिको रुपमा प्रयोग गर्दै आईरहेका छन् । पहिले पहिले सूर्यबाट प्राप्त उर्जालाई मानिसहरुले केवल घाम ताप्न, विस्कुन सुकाउन, दाउरा सुकाउन, लुगा सुकाउन तथा अन्य कामका लागि मात्र उपयोग गरेको देखिन्छ । पछिल्लो समयमा प्रविधिको विकाससँगै सौर्य ऊर्जालाई संग्रह गरि व्यावसायिक रुपमा समेत उपयोग गरिन थालिएको छ । जलविद्युत शक्तिको अपुग भईरहेको वर्तमान समयमा सौर्य शक्तिलाई विकल्पको रुपमा उपयोग गर्नसके ऊर्जा क्षेत्रको लागि कोषे ढुंगा सावित हुनेमा दुईमत छैन ।
सुर्यबाट प्राप्त हुने प्रकाश र तापलाई विभिन्न सौर्य प्राविधिहरु प्रयोग गरी उपभोगमा ल्याउन सकिन्छ । सौर्य प्यानलहरुको प्रयोग गरी सौर्य ऊर्जालाई विद्युतमा रुपान्तरण गरिएमा त्यसलाई सौर्य फोटोभल्टिक प्रयोग भनिन्छ । यदि सौर्य ऊर्जालाई उज्यालोको लागि नभई तापका लागि प्रयोग गरिएमा यसलाई सौर्य थर्मल (तापिय ) प्रयोग भनिन्छ ।
यसरी सौर्य तथा वायु शक्तिबाट प्राप्त हुने उर्जा, अपुग भईरहेको जलविद्युतको विकल्पमा प्रयोग गर्न सके नितान्त इनअर्गानीक ऊर्जा शक्ति उपभोक्ताले उपभोग गर्न सक्ने अबस्था देखिन्छ । यस्तो खालको ऊर्जा शक्तिले वातावरण स्वच्छ हुने मात्र नभई विश्वभर बढिरहेको कार्वन उत्पादन समेत कमि हुने देखिन्छ । सुर्यमा रहेको सौर्य ऊर्जालाई ताप शक्तिमा प्रयोग गरेर विभिन्न प्रयोजनका लागि उपयोग गर्न सकिन्छ । जस्तै, सौर्य ऊर्जालाई ताप शक्तिमा प्रयोग गरेर खाना पकाउने चुल्हो, कृषिजन्य उत्पादन सुकाउने ड्रायर तथा पानी तताउने प्यानल संचालन गर्न सकिन्छ । त्यस्तै, सौर्य ऊर्जालाई प्रकाश शक्तिमा प्रयोग गरेर बिजुली संग्रह गरि बत्ति बाल्ने, रेडियो÷टिभी बजाउने, पंखा चलाउने, पानी तान्ने जस्ता काममा प्रयोग गर्न सकिन्छ ।
सौर्य चुल्हो
सुर्यको ताप प्रयोग गरेर खाना पकाउन बाकस आकारको चुल्हो प्रयोग गरिएको हुन्छ जसलाई बाकस चुल्हो पनि भनिन्छ । सुर्यको किरणलाई रिफ्लेक्टरले भाँडातिर फर्काइदिन्छ र भाँडामा किरण परेपछि भाँडाको तापक्रम बढ्न थाल्छ । यसरी वाकस चुल्होमा राखिने भाँडा कालो रंगको हुनुपर्छ जसले ताप संचय गर्न सक्छ । यति गसिकेपछि सौर्य तापबाट खाना पाक्छ । सौर्य तापलाई खाना पकाउने चुल्होमा प्रयोग गर्दा राम्रो घाम लाग्ने ठाँउ छनौट गर्ने तथा खाना पकाउनु १ घण्टाअगाबै चुल्होलाई घाममा राख्नुपर्दछ । साथै, शिशाको ढक्कनलाई राम्ररी लगाई रिफ्लेक्टरलाई घामतिर फर्काउनुपर्दछ ।
के के फाईदा छन् सौर्य चुल्होका ?
इन्धनको बचत
धुवाँरहित
सफा
सजिलो
संचालन खर्च हुँदैन
सौर्य पानी हिटर
सौर्य ऊर्जालाई तापमा प्रयोग गरेर पानी तताउने उपकरण सौर्य पान िहिटर हो । सुर्यको किरण जव काले रंगको कलेक्टर र पाईमा पर्छ तब तापक्रम बढ्दै जान्छ र पाइपभित्रको पानी तात्न थाल्छ । तातो पानी हल्का हुने भएकाले ट्यांकीमा जान्छ र ट्यांकीको पिंधमा भएको चिसो पानी कलेक्टरमा जान्छ । यो प्रक्रिया पानी नतातुन्जेल चलिरहन्छ । ट्यांकीमा रहेको पानीको तापक्रम ६० र ६५ डिग्री सेल्सियससम्म पुग्छ ।
सौर्य पानी हिटरका फाईदा के के ?
इन्धन बचत
प्रदुषणरहित
संचालन खर्च हुदैन ।
मर्मत सम्भार सजिलो हुन्छ ।
सजिलोसँग तातो पानी उपलब्ध हुन्छ ।
सौर्य ड्रायर
सुर्यको ताप प्रयोग गरेर अन्न, फलफूल तथा सागपात सुकाउने उपकरणलाई सौर्य ड्रायर भनिन्छ । एउटा बाकस जस्तो आकारको उपकरण हुन्छ । त्यो बाकस भित्र सुकाउनुपर्ने वस्तु राखिएको हुन्छ । सुर्यको तापले बाकसभित्र रहेको वस्तुलाई तताउछ र त्यसमा रहेको पानी वाफ भएर उड्छ । इनलेटबाट सुखा चिसो हावा आउने र आउटलेटबाट तातो वाफसहितको हावा निस्कने क्रममा इन्लेटर आउटलेटलाई नियन्त्रण गरि भित्रको तापक्रम नियन्त्रण गर्न सकिन्छ ।
सौर्य ड्रायरका फाईदा
कीरा,धुलोबाट सुरक्षित किसिमले सुकाउन सकिन्छ ।
खुल्ला घाम भन्दा छिटो सुक्छ ।
इन्धनको बचत हुन्छ ।
सुकाइने वस्तुको गुण राम्रो हुन्छ ।
प्रविधि सरल तथा सस्तो हुन्छ ।
सौर्य बिजुली
सौर्य शक्तिलाई फोटोभोल्टाइक सेलद्वारा विद्युत शक्तिमा परिवर्तन गरि उत्पादन गरिएको बिजुली सौर्य बिजुली हो । यसरी उत्पादीत विद्युतलाई व्याट्रीमा संकलन गरी आवश्यक परेको बखत प्रयोग गर्न सकिन्छ । साथै, विद्युतलाई वयाट्रीमा नपठाई सिधै पनि प्रयोग गर्न सकिन्छ ।
सौर्य बिजुलीको फाइदा
सौर्य उर्जाबाट उत्पादीत बिजुलीले दुर्गम स्थानमा, लघु जलविद्युत उत्पादन नहुने ठाँउमा विद्युत शक्तिको आपुर्तिको व्यवस्था गर्न सकिन्छ । यसरि उतपादीत विद्युत शक्तिको सहयोगले पानी तान्ने पमप, दुरसंचारका उपकरण तथा फ्रिज आदि सिधै चलाउन सकिन्छ ।
नेपालमा भएका सौर्य ऊर्जाका कोसिस
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले सौर्य क्षेत्रको गतिविधिलाइ राष्ट्रियस्तरमा समन्वय गरी सौर्य ऊर्जा प्रणालिको वितरणमा सहयोग गर्ने गदर्छ । साथै नेपालका धेरै ग्रामिण क्षेत्रहरुमा विद्युत सुविधा उपलव्ध गराउन घरेलु सौर्य विद्युत प्रणालि सहि विकल्प भएको प्रमाणित भएको छ । सौर्य ऊर्जा ग्रामिण विद्युतिकरणको सहज माध्यमको रुपमा रहेकोले प्रणालिको गुणस्तरतथा कर्जा उपलब्धतालाई समेत पर्वद्धन केन्द्रले जोड दिद आएको छ ।
साथै केन्द्रले घरेलु सौर्य ऊर्जा प्रणालीको प्रवद्र्धनको उदेश्य प्राप्तिमा समेत निकै सफलता प्राप्त गरेको छ ।त्यस बाहेक खासगरि ग्रामीण भेगका गरिब जनतालाई तत्कालै तथा अल्पकालिन रुपमा विद्युत् उपलब्ध गराउनु प्रवद्र्धन केन्द्रको उदेश्य रहेको छ । जसमा साना घरेलु सौर्य विद्युत् प्रणालि (सौर्य टुकी ) को प्रवद्र्धन, सौर्य कुकर तथा सौर्य ड्रयरहरु विद्यालय ,स्वास्थ्य संस्था जस्ता निकायमा केन्द्रले सहयोग समेत गदै आएको छ । यस्तै, सौर्य ऊर्जा सवकम्पोनेन्टले अतिरिक्त कार्यक्रमको रुपमा नेपालमा प्रयोग भइसकेका लिड ब्याट्रीको व्याबस्थापनको लागि समेत योजना बनाउने कार्य गरेको छ ।
अहिले सम्म प्रवद्र्धन केन्द्रले हाँसिल गरेका उपलब्धिहरु
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले स्थापनाकाल देखिनै विभिन्न परियोजनाहरु अन्र्तगत विभिन्न कार्यक्रमहरु मार्फत सौर्य प्रणाली जडान गरेको छ । जसमा घरेलु सौर्य प्रणाली अन्र्तगत सन् २०१४ मा १३.२० मेगावाट क्षमताका करिब ५ लाख ५३ हजार ३ सय ८ संख्यामा जडान गरिएको छ । त्यस्तै साना घरेलु सौर्य प्रणाली अन्र्तगत ०.३४७ मेगावाट क्षमताका ४ लाख ९९ हजार ७५ थान जडान गरिएको छ । प्रवद्र्धन केन्द्रका अनुसार संस्थागत तथा पम्पिङ प्रणाली अन्र्तगत १.३१ मेगावाट क्षमताका १ हजार १ सय ९५ तथा २ हजार २ सय २५ थान सौर्य ड्रायर तथा कुकुर जडान गरिएकोे छ ।
सौर्य ऊर्जामा देखिएका मुख्य चुनौतीहरु
सौर्य फोटोभोल्टिक प्रणालीहरुको बढ्दो प्रयोगसँगै वातावरणप्रति जिम्मेवार रही लिडएसिड ब्याट्रीहरुको पुनःप्रशाोधन कार्यलाई स्थापित गर्नु पर्ने आवश्यता देखिन्छ । त्यस्तै, प्रविधिमा विश्वव्यापी रुपमा भएको तीब्र विकाशसँगै नेपालमा उत्कृष्ट प्रविधिहरुको प्रयोगलार्ई नियमितरुपमा सुनिश्चित गनुपर्ने आवश्यकता अर्को चुनौतीको विषय हो ।