बाँकेमा तरकारी उत्पादन बृद्धि,वर्षमा एक लाख मेट्रिक टन उत्पादन


नेपालगन्ज, ११ जेठ : बाँकेमा प्रमुख तरकारी बालीले ढाकेको क्षेत्रफलसंगै उत्पादन पनि बृद्धि भएको छ । जिल्लाका कृषकहरु व्यवसायीक तरकारी खेतीमा आर्कषित भएको कृषी ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । परम्परागत खेती भन्दा तरकारी उत्पादन गर्दा बिक्री पनि हुने र तत्काल नगद पाइने भएकाले कृषकहरु तरकारी खेतीमा आर्कषित भएका हुन ।

जिल्लामा आर्थिक वर्ष २०७२र२०७३ मा ७ हजार ४ सय ६१ हेक्टरमा तरकारी लगाईएको थियो । उक्त वर्ष जिल्लामा ७७ हजार २ सय ७८ मेट्रिक टन तरकारी उत्पादन भएको थियो । २०७३र२०७४ मा तरकारीले ढाकेको क्षेत्रमा केही बृद्धि भएको पाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार जिल्लामा आर्थिक वर्ष २०७३ र २०७४ मा ७ हजार ५ सय ६२ र आर्थिक वर्ष २०७४ र २०७५ मा ७ हजार ६ सय १० हेक्टरमा तरकारी उत्पादन भएको थियो । ती दुई आर्थिक वर्षमा क्रमश ः ९४ हजार ५ सय १२, ९८ हजार १ सय २० मेट्रिक टन तरकारी उत्पादन गरेका थिए ।

‘तरकार खेती तर्फ कृषकको आर्कषण देखिन्छ । बिभिन्न तहका सरकारले यसलाई प्रोत्साहन समेत गरेका छन् ।’ ज्ञान केन्द्रका प्रमुख ढकालले भने–‘धान, गहुँ भन्दा तरकारी लगाउने क्षेत्र बढेको पाईन्छ ।’ बाँके जिल्लामा उत्पादन भएको तरकारी स्थानीय बजारमा खपत हुन्छ भने केही पहाडी जिल्लामा समेत जाने गरेका छन् ।

 बाँकेमा तरकारी उत्पादन तर्फ कृषकहरु आर्कषित भए पनि खुल्ला सिमानाका कारण नेपालगन्जमा भित्रिने सस्तो तरकारीको मारमा परेका छन् ।  भारतबाट आउने सस्तो तरकारीसंग यहाँ उत्पादन भएको तरकारीले बजारमा प्रतिस्पर्धा गर्न सक्दैन ।

प्रकाशित मितिः     ११ जेष्ठ २०७६, शनिबार १३:५६  |