प्रदेश ५ मा सन्चालन हुने यातायातको साधनमा ‘डस्ट बिन’ अनिवार्यरुपमा राख्नुपर्ने


नेपालगन्ज १३ जेठ : प्रदेश नम्बर ५ मा सन्चालनमा रहेका बसभित्र अनिवार्यरुपमा फोहोर व्यवस्थापन गर्न डस्टबिन राख्नुपर्ने भएको छ । प्रदेश नम्बर ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले यातायात व्यवसायी समितिलाई यस्तो निर्देशन दिदै अन्यथा कारवाही गर्ने स्पष्ट पारेको छ ।


मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा जेठ १० गते बसेको प्रदेश गणतन्त्र दिवश मूल समारोह समितिको बैठकले गणतन्त्र दिवश अवधीभर सरसफाई कार्यक्रम सन्चालन गर्नेदेखि यातायात र खुल्ला ठाउँमा हुने फोहोर व्यवस्थापनका लागि कडा अभियान चलाउने बिषयमा निर्णय गरेको थियो । प्रदेश सरकारले जेठ १५ गतेदेखि सर्बसाधधारणलाई घर, पसल जस्ता ठाउँको फोहोर सडक र नालीमा नफाल्न भनेको छ ।
बिशेष गरी यातायात व्यवसायीलाई निर्देशन दिदै प्रदेश सरकारले यातायातको साधनबाट निस्किने प्लाष्टिक, कागज जस्ता फोहोरलाई निषेध नै गरिएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र स्थानीइ तहलाई परिपत्र गर्दै उक्त निर्देशन कार्यान्वयन गर्न भनिएको छ ।

प्रकाशित मितिः     १३ जेष्ठ २०७६, सोमबार ०८:३१  |