जनप्रतिनिधिलाई औपचारिक कार्यक्रममा भ्याई नभ्याई , मेयर राणा भन्छन्,‘जानैपर्ने बाध्यता हुन्छ’


फाईल तस्वीर
फाईल तस्वीर

बाँके १३ जेठ : तथ्यांक बिभागले सोमबार सिद्धार्थ कटेजमा ‘२०७८ को जनगणना’का बिषयमा ११ बजे अन्तरक्रिया शुरु गर्यो । अन्तरक्रियाका प्रमुख अतिथी थिए, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा । कार्यक्रम सन्चालले छोटो आसनग्रहण सके लगत्तै ‘कार्यव्यस्ताका कारण प्रमुख अतिथी ज्यू बाहिर जानुपर्ने भएकाले’ भन्दै मेयर राणाले शुरुमै बोल्न लगाए । मेयर राणाले बोल्न शुरु गरे ।
सामान्यता प्रमुख अतिथी कार्यक्रम अवधीभर बसेर अन्तिममा बोल्ने चलन छ । त्यसै पनि तथ्यांक बिभागको कार्यक्रमा थोरै अतिथी थिए । यति हुँदा पनि प्रमुख अतिथी राणा किन पहिल्यै बोलेर जान लागे भन्दै कार्यक्रमका सहभागिहरु कानेखुसी गर्दै थिए । त्यसैबीचमा मेयर राणाले शुरुमै बोलेर जानुपर्ने आफ्ना बाध्यताहरु सुनाउन थाले ।

‘यति महत्वपूर्ण कार्यक्रमका बारेमा सबै कुरा सुनेर जान पाए राम्रै हुन्थ्यो । तर के गर्नुहुन्छ दिनभरका सबै कार्यक्रममा नगई हुँदैन ।’ मेयर राणाले भने–‘ अहिलेसम्म दुईवटा कार्यक्रम भ्याए, यहाँबाट गएपछि दुईवटा कार्यक्रममा जानुपर्ने भएको छ । हेर्नुहोस् फोन आएर हैरान छु ।’ पुरा कार्यक्रममा बसेर जान जान नपाएकोमा दुःख लागेको उनले बताए ।

‘कतिपय कार्यक्रममा मेयर नगई हुँदैन भन्छन् । बोलाएका कार्यक्रममा नगए गुनासो पोख्छन् ।’ मेयर राणाले भने । मेयर राणा मात्र होइन अहिले जनप्रतिनिधिहरु औपचारिक कार्यक्रममै व्यस्त रहने गरेका छन् । उनीहरुलाई त्यस्तो कार्यक्रमका लागि भ्याई नभ्याई हुन्छ ।

प्रकाशित मितिः     १३ जेष्ठ २०७६, सोमबार १२:२८  |