ग्राण्ड अस्ट्रेलियन एजुकेशन सेमिनार हुँदै


नेपालगन्ज,१३ जेठ : एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज नेपालगञ्जले मंगलबार नेपालगञ्जमा ग्राण्ड अस्ट्रेलियन एजुकेशन सेमिनारको आयोजना गर्न लागेको छ ।  कक्षा १२को परीक्षा दिएका विद्यार्थी, पिसिएल नर्सिड्ड तथा डिप्लोमातहको फाइनल परीक्षा दिएर उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया जान चाहाने विद्यार्थीहरुलाई लक्षित सेमिनार आयोजना गर्न लागिएको शाखा प्रबन्धक ईश्वरीप्रसाद आचार्यले जानकारी दिए ।

सेमिनारमा अस्ट्रेलियाका ८ वटा ख्याति प्राप्त कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा प्रणाली, कलेज तथा विश्वविद्यालयमा पढाई हुने बिभिन्न बिषय तथा शुल्कका बारेमा जानकारी गराउने छन् । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले नेपालबाट अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जाने बिद्यार्थीहरुलाई पराशर्म लगायत भिसा सेवा समेत प्रदान गर्दै आएको छ ।
सन् २००३ मा स्थापना भएको एक्सपर्टले हालसम्म नेपालबाट आईईएलटीएस (आयल्स) कोर्ष तथाभिसा सम्बन्धी सम्पूर्ण प्रक्रिया गराई करिव ४० हजार विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाई सकिएको  छ । एक्सपर्टको नेपालगञ्ज, धनगढी, दाङ, बुटवललगायत देशका विभिन्न स्थानमा १४ वटा शाखा कार्यालयहरु छन ।

प्रकाशित मितिः     १३ जेष्ठ २०७६, सोमबार १७:१४  |