बाँके १४ जेठ : २५ करोड हिनामिना भएपछि केही दिनका लागि नेपालगञ्जस्थित सहकारी वित्तिय विकास सस्था लिमिटेड बन्द छ । बन्द अवस्थामा रहेको सहकारीको बाहिर भने टन्टलापुर घामको प्रवाह नगरी संयौ बचतकर्ताहरु पैसा फिर्ता पाउने आशमा धर्ना दिइरहेका छन् । दुुुःख पसिना गरेर आर्जन गरेको रकम सहकारीमा बचत गरेकाहरु अहिले जिल्लिएका छन् । ठुलो संख्यामा बचतकर्ताहरु आएपछि सुरक्षाका लागि प्रहरी पनि तैनाथ गरिएको छ ।
टाँस गरिएको सूचनामा नेपालगन्ज, खजुरा र बैजापुर शाखाबाट रकम हिनामिना भएको र उक्त बिषयमा छानबिन गर्दा गर्दै मुख्य कार्यालय नेपालगन्जका कर्जा बिभाग प्रमुख अरुण कुमार पाठक, नगद बिभाग प्रमुख लिलाधर वली, जेठ ५ गतेबाट सम्पर्क बिहिन भएको उल्लेख छ । सोही कारण देखाउँदै जेठ १० गते बसेको सन्चालक समिति बैठकले १५ दिनसम्मका लागि सहकारीको काम बन्द गर्ने निर्णय गरेको हो ।

आन्तरिक छानविनमा २६ करोड ठगी गर्ने कर्मचारीलाई कागजात गराएर जोगाउन खोजेको स्रोतको दाबी छ । कागजात गरेका कर्मचारीहरु सम्पर्क्बिहिन भएपछि सहकारीले १५ दिनका लागि कामकाज बन्द भएको सूचना निकालेको छ । बचतकर्ताले आइतबार सहकारी र प्रशासनमा घेराउ गरेका छन् । सहकारीका अध्यक्ष हरदेब बक्स चौधरीले प्रतिवेदन बुझेपछि सहकारीको बदनाम हुने भन्दै बैशाख १६ मा हिनामिनामा मुछिएका कर्मचारीलाई एकबर्ष्भित्र रकम फिर्ता गराउने कागजात गराएको बताए । सहकारीको व्यवस्थापनका तर्फबाट रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएपनि बचतकर्ता भने आश्वस्त हुन सकेका छैनन् ।