बाँके १४ जेठ : देशभर सन्चालनमा रहेका दशवटा औद्योगिकक्षेत्रमा सरकार र निजीक्षेत्रको रु २१ अर्व ५१ करोड रुपैया लगानी भएको छ । जुन उद्योगक्षेत्रमा भएको कुल लगानीको १.२८ प्रतिशत हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार, हाल औद्योगिकक्षेत्रमा रहेका सात सय उद्योग मध्ये ६ सय ४ वटा सन्चालनमा छन् । ६० वटा निर्माणाधिन र २९ उद्योग बन्द छन् । सन्चालित उद्योगबाट १८ हजार १ सय ७८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
हाल सन्चालनमा रहेका औद्योगिकक्षेत्रमा सरकारको १ अर्व २४ करोड र निजीक्षेत्रको रु २० अर्व २७ करोड लगानी रहेको छ । पुराना ओद्योगिक क्षेत्र बाहेक सरकारले झापाको दमक,बर्दियाको मोतीपुर, मकवानपुरको मयुरधाम, कन्चनपुरकमे दैजी, चितवनको शक्तिखोरमा बिस्तृत अध्ययन अघि बढाएको छ । त्यसक्षेत्रको बिस्तृत योजना र वातावरणीय प्रभाव मुल्यांकन समेत भइसकेको छ ।