बाँके १५ जेठ : जडीबुटीको निर्यातमा भारतको प्लान्ट क्वारेण्टाईनले अवरोध सिर्जना गरेको भन्दै प्रदेश सांसद मोहमद याकुव अन्सारीले प्रदेश नम्बर ५ को संसदमा कुरा उठाएका छन् । नेपाल जडीबुटी व्यवसायी महासंघका अध्यक्ष समेत रहेका सांसद अन्सारीले झण्डै आठ महिनादेखि नेपालगन्ज नाका हुँदै भारततर्फ हुने निकासीमा अवरोध सिर्जना गरिएको बताए ।
८० प्रजाती मध्ये २६ प्रजातीको जडीबुटी निकासी गर्न भारतीय प्लान्ट क्वारेण्टाईन सहमत हुन सकेको छैन । किसानले उत्पादन गरेका जडीबुटी नै निकासी हुन नसकेको अन्सारीले बताए । यसको समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । नेपालभर दश हजार टन जडीबुटी थन्किएको छ ।