बजेट अपडेट : कोहलपुर–जमुनाहक्षेत्र औद्योगिक करिडोर बन्ने निश्चित


बाँके, १५ जेठ : सरकारले कोहलपुर–जमुनाहक्षेत्रलाई औद्योगिक करिडोरका रुपमा विकास गर्ने भएको छ । संसदमा आर्थिक वर्ष २०७६ र ७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन । अर्थमन्त्रीले कोहलपुर जमुनाह सडकखण्डलाई औद्योगिक करिडोर निर्माण गर्नका लागि आवश्यक पर्ने जग्गा, बिजुली, ढल, सडक सुधार जस्ता पूर्वाधार निर्माणका लागि बजेट समेत बिनियोजना गरिएको छ ।

उक्त सडकखण्डलाई ओद्योगिक करिडोर निर्माण गरेर नेपालगन्ज र कोहलपुर पूर्णरुपमा जोडिने छन् । अहिले पनि उक्त सडकखण्डमा दर्जनौ उद्योगहरु सन्चालनमा छन् । त्यस्तै भैरहवा र नेपालगन्ज एकिकृत भन्सार जाँचचौकी निर्माणलाई प्राथमिकतामा राखिएको छ । नौवस्ता औद्योगिकक्षेत्रको कामलाई तिब्ररुपमा अघि बढाईने भएको छ ।

प्रकाशित मितिः     १५ जेष्ठ २०७६, बुधबार १७:३३  |