नेपालगन्ज लगायतका विमानस्थललाई ठुला बिमान अवतरण गराउन मिल्ने बनाइने


काठमाडौं : सरकारले हवाई क्षेत्र विकासको १५ अर्ब ८५ करोड बिनियोजन गरेको छ । आगामी बर्षदेखि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थललाई बुटिक बिमानस्थलका रुपमा २४ सै घण्टा संचालन गरिने अर्थमन्त्रीले बताएका छन्।

गौतम बुद्ध बिमानस्थलक निर्माण सम्पन्न गर्नकालागि ३ अर्ब ३४ करोड बिनियोजन गरिएको र पोखरा बिमानस्थलका लागि ८ अर्ब रुपैयाँ बजेटमा बिनियोजन गरिएको छ। यसैगरी निजगढमा अन्तराष्ट्रिय बिमानस्थल निर्माणको पूर्व तयारी कार्य अघि बढाइने बजेटमा उल्लेख छ।

आन्तरिक बिमानस्थलहरु बिराटनगर, जनकपुर, सिमारा, नेपालगंज, दाङ र धनगढीमा ठूला बिमानहरु बस्न सक्ने गरी पूर्वाधार निर्माण गरिने बताइएको छ। यसैगरी सुर्खेतमा नयाँ बिमानस्थल निर्माणकालागि संभाब्यता अध्ययन अघि बढाइने बजेटमा उल्लेख छ।

प्रकाशित मितिः     १५ जेष्ठ २०७६, बुधबार १७:५३  |