नेपालगन्जमा ‘गो कार्ट’ शुरु


गो कार्ट चलाउँदै मेयर राणा ।

नेपालगन्ज, १७ जेठ : शुक्रबारबाट नेपालगन्जमा ‘गो कार्ट’ को टेस्ट ड्राईभ शुरु भएको छ । झण्डै ३० लाखको लगानीमा नेपालगन्जको सुर्खेतरोडमा रहेको बिनि फिटनेशको कम्पाउण्ड भाडामा लिएर ‘गो कार्ट’को ट्रयाक तयार गरी उक्त खेल शुरु गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणा आफैले गो कार्ट चलाए ।

‘सपोटिज गोकार्ट प्ले जोन’ ले गो कार्ट सन्चालनमा ल्याएको सन्चालक गिरिधर गौतमले जानकारी दिनुभयो । गौतम सहित नरेन्द्र खनाल, आशिस भट्टराई मिलेर यो खेल भित्रा्एका हुन । गो कार्ट जिपमा जस्तै बसेर खेल्न मिल्ने खेल हो । यसका लागि चारवटा गो कार्ट ल्याईएको छ । त्यसैमा बसेर कार चलाएझैं गो कार्ट कुदाउन मिल्छ ।

झण्डै अढाई समय मिटरको ट्रयाक तयार गरिएको छ भने सुरक्षाका लागि ट्रयाक वपरपर दर्जनौ टायर राखिने खनालले बताउनुभयो । ‘यहाँका लागि नौंलो खेल हो । यसलाई जतिसक्यो उति सुरक्षित बनाउनका लागि बिभिन्न उपाय अपनाउँछौ ।’– गौतमले भन्नुभयो । गो कार्ट खेल्नेले निश्चित शुल्क बुझाउनुपर्नेछ । उक्त शुल्कका आधारमा खेल्न दिइने खनालले बताउनुभयो । उहाँले यसक्षेत्रका पर्यटकका लागि पनि यो खेल नौलो हुने उल्लेख गर्नुभयो ।

प्रकाशित मितिः     १७ जेष्ठ २०७६, शुक्रबार ०९:०८  |