खजुरामा सम्पन्न शैक्षिक महोत्सवमा यि विद्यालय सर्वोत्कृष्ट


१७ जेठ, बाँके : बाँकेको खजुरा स्थित ज्ञानोदय नमूना माविमा सम्पन्न अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप २०७६ सम्पन्न भएको छ । उक्त कार्यक्रम बिहिवारबाट शुरु भई शुक्रबार समापन भएको थियो ।
शैक्षिक सामाग्री प्रदर्शनी प्रतियोगितामा आधारभूत तहतर्फ अम्बेमाता प्रावि प्रथम, अमृत प्रावि दोस्रो र निर्खा प्रावि तेस्रो भएका छन् । त्यस्तै आधारभूत कक्षा ८ सम्म मनकामना आधारभूत बिद्यालय, आदर्शन आधारभूत विद्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय धौलागिरी क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । त्यस्तै माध्यामिक तहमा ज्ञानोदय नमुना माध्यामिक बिद्यालय प्रथम, दिपक ई. बोर्डिग स्कुल द्धितीय र जनता नमुना मावि तृतीय भएको छ ।


यस्तै अतिरिक्त क्रियाकलाप प्रतियोगितामा आधारभूत कक्षा ५ सम्म जेनिथ मावि प्रथम, दिपक बोर्डिग द्धितीय र लिटिर हार्वर तृतीय भएका छन् । आधारभूत कक्षा ८ मा जेनिथ नै प्रथम, ज्ञानोदय मावि, ध्रुवतारा मावि, नेरा आदर्श आधारभूत द्धितीय र सिटिजन नमूना तृतीय भएका छन् । सोही प्रतियोगिाताको मावि तहमा ज्ञानोदय नमुना मावि प्रथम, गुराँस मावि द्धितीय र जेनिथ मावि तृतीय भएका छन् ।
खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा हुने शैक्षिक महोत्सवमा खजुरा क्षेत्रका ३९ विद्यालयले भाग लिएका थिए । बिद्यालयका प्रअहरुको बैठकले आगामी महोत्सव चिसो मौसममा मनकामना मावि मनकामनापुरमा आयोजना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मितिः     १७ जेष्ठ २०७६, शुक्रबार २०:१६  |