दुर्गेस एण्ड ब्रदर्शले नेपालगन्जमा भित्रा्यो ‘बिन ब्याग’


बाँके १९ जेठ :  दुर्गेस एण्ड ब्रदर्शले नेपालगन्जमा ‘बिन ब्याग’ भित्रएको छ । कुर्सी, टेबुल जस्ता सामाग्रीको बिकल्पका रुपमा रहेको बिन ब्याग पहिले नेपालगन्जको बजारमा बिक्री शुरु गरिएको हो । शनिबार साँझ एक कार्यक्रम मार्फत बिन ब्यागको लन्च गरिएको दुर्गेस एण्ड ब्रदर्शनका सन्चालक बिक्रान्त श्रीवास्तवले जानकारी दिए ।


थर्मकोलबाट बनेको उक्त बिन ब्याग बस्नका लागि निकै आरामदायी र स्वास्थ्यका लागि फाईदाजनक हुने कम्पनीले बताएको छ । कार्यालयदेखि घरसम्म जहाँ पनि सहजै लैजान मिल्ने भएकाले ओसारपसारमा सहज हुन्छ । यसको मूल्य डिजाईन अनुसार ६५ सयदेखि ७६ सयसम्म पर्छ ।

 

प्रकाशित मितिः     १९ जेष्ठ २०७६, आईतवार ०८:०६  |