गहुँको पिठोमा लाग्ने भ्याट हटाउन माग


बाँके २० जेठ : आर्थिक वर्ष २०७६र७७ को बजेट मार्फत सरकारले गहुँको पिठोमा भ्याट लगाएको भन्दै फिर्ता लिन नेपालगन्ज उद्योग वाणिज्य संघ र उपभोक्ता हित संरक्षण मन्च बाँकेले माग गरेको छ ।

संघका अध्यक्ष नन्दलाल बैश्य र मन्चका अध्यक्ष बसन्त गौतमले संयुक्तरुपमा बिज्ञप्ती जारी गरी गहुँको मिठोमा लगाएको भ्याट फिर्ता गर्नुपपर्ने माग गरिएको हो । पिठो तराई र मध्य तराईको मुख्य भोजनका रुपमा रहेको र त्यसमा भ्याट लगाउँदा सर्बसाधारणलाई मर्का पर्ने निष्कर्ष छ ।

प्रकाशित मितिः     २० जेष्ठ २०७६, सोमबार ०८:००  |