नेपालगन्जमा टेक्नोफेस्टो हुने


बाँके २० जेठ : आरजि डिजिटल नेपालले यही जेठ २४ र २५ गते नेपालगन्जकोे साथी कृष्णा कटेजमा तेस्रो टेक्नोफेस्टो गर्ने भएको छ । काइचो टेक ग्रुपको समन्वयमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको बिमल यादवले जानकारी दिए । टेक्नोफेस्टोमा घरबाहिर रहंदा पनि घरको बारेमा निगरानी गर्न मिल्ने प्रविधि, डिजिटल हाजिरी सिस्टम लगायतको प्रदर्शनी हुनेछ । कार्यक्रममा शिक्षक, बिद्यार्थी तथा पत्रकार लगायतको सहभागिता रहने यादवले जानकारी दिए ।

प्रकाशित मितिः     २० जेष्ठ २०७६, सोमबार ०९:५०  |