लक्ष्मीको वर्ल्डकप योजना : खाता खोल्दा मोबाइलमा ५०० ब्यालेन्स


लक्ष्मीको वर्ल्डकप योजना : खाता खोल्दा मोबाइलमा ५०० ब्यालेन्स

जेठ २०, काठमाडौं (अस) । कागजरहित बैंक खाता खोल्न अभिप्रेरित गर्ने उद्देश्यले लक्ष्मी बैंकले विशेष योजना शुरु गरेको छ । इङ्ल्याण्डमा आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता सञ्चालन भइरहँदा नेपालमा भने लक्ष्मी बैंकले ग्राहकहरुका लागि विशेष योजना शुरु गरेको हो ।

जारी विश्वकप क्रिकेट अवधिभर ‘कन्ट्रोल ओ’ (Ctrl O) नामक डिजिटल माध्यमबाट बैंकमा खाता खोल्दा ग्राहकले रू. ५०० बराबरको मोबाइल ब्यालेन्स प्राप्त गर्ने बैंकले जानकारी दिएको छ । ग्राहकले बैंकको वेबसाइटमा गएर अनलाइन खाता खोल्न निवेदन दिनुपर्ने र त्यसलाई आधिकारिकता दिन एक पटक नजिकैको लक्ष्मी बैंक शाखामा जानुपर्ने बताइएको छ । ‘एफवन सफ्ट’सँगको सहकार्यमा सञ्चालित यो योजनाले विद्युतीय कारोबारलाई समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

वर्ल्ड कप विशेष योजना वातावरणमैत्री बैकिङ प्रणाली अवलम्बन गर्ने तर्फ एक अर्को कदम भएको बैंकले बताएको छ । यस योजनाले वातावरणमा कार्वन फुटप्रिन्टमा कमी आउने र जिम्मेवार एवम् दिगो व्यवसायलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मितिः     २० जेष्ठ २०७६, सोमबार १६:०२  |