दिउँसै महङ्गो ल्यापटप र मोवाईल चोरी गर्ने पक्राउ


नेपालगन्ज २० जेठ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० शितल निवासको एक घरबाट महङ्गो ल्यापटप र मोवाईल चोरी गरेको आरोपमा विवेक शुक्ल पक्राउ परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ बस्ने शुक्लले विद्युत प्राधिकरण नेपालगंज शाखामा कार्यरत सुरेश कुमार तिमिल्सेना, गोविन्द प्रसाद ढकाल र श्याम लाल पौडेलको डेरा कोठाबाट जेठ  १८ गते दिउँसो एचपी कम्पनीको ल्यापटप थान १, एसर कम्पनीको ल्यापटप थान १, हुवाई कम्पनीको मोवाईल थान १, सामसुङ्ग कम्पनीको मोवाईल थान १, सिटिजन वैंकको एटिएम कार्ड १ चोरी गरेको प्रहरीले जनाएको छ ।

साथै नगद नेपाली रु एक लाख १० हजार नेपाली र ३५ सय भारु, चाँदिको सिक्का १, चम्मा लगायत चोरी भएको भन्ने सुचनाका आधारमा शुक्ललाई प्रहरीले पक्राउ गरेको छ । उनको साथाबाट चोरी भएको केही सामाग्री समेत बरामद गरिएको छ ।

प्रकाशित मितिः     २० जेष्ठ २०७६, सोमबार २१:०९  |