नेपालगन्जमा रु १ लाख राशीको अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता हुँदै


नेपालगन्ज २० जेठ : नेपालगन्ज उपमहानगरपालिकामा आयोजना हुन लागेको अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता २०७६ को तयारी तिव्र पारिएको छ । द ग्रुप अफ १६ युथ क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको अध्यक्ष बिष्णु अर्यालले जानकारी दिएका छन् ।

मुख्य प्रायोजक एक्सपर्र्ट, प्रायोजक कैलाप हस्पिटल एण्ड कलेज, नेपालगन्ज उप–उपमहानगरपालिका वडा नम्बर ७, १०, ११ र १२ को कार्यालय, अन्य प्रायोजक रोयल कर्णाली इलेक्ट्रो हब, नगर प्याब्सन समिति रहेको छ । क्रिकेट प्रतियोगिता यहि २४ गतेदेखि मंगल प्रशाद माविमा २२ वटा खेल हुने छ । क्रिकेट प्रतियोगिताको लागि वडा नम्बर ७ ले १ लाख, वडा नं. १० ले १ लाख, वडा नं. ११ ले १ लाख, वडा नं. १२ ले २ लाख ५० हजार, नेपालगन्ज उप–महानगरपालिकाले १ लाख ६१ हजार रुपैयाँ सहयोग गरेका छन ।

प्रतियोगितामा प्रथमलाई १ लाख, द्धितीय, ५० हजार, म्यान अफ द सिरिजलाई स्पोर्टस गियर साइकल, बेस्ट व्याटसम्यानलाई क्रिकेट किट, बेस्ट बलरलाई एन्ड्रोईड मोवाईल, एमर्जिङ्र्ग प्लेयरलाई एन्ड्रोईड मोवाईल र बेस्ट फिल्डरलाई आकर्षक पुरस्कार दिईने छ ।

प्रकाशित मितिः     २० जेष्ठ २०७६, सोमबार २१:५५  |