सांग्रिलाले थप्यो सन्ध्याकालीन तथा होलिडे काउण्टर


नेपालगन्ज । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न शाखा कार्यालयहरुमा सन्ध्याकालीन काउण्टर तथा होलिडे काउण्टर थप गरेको छ । ग्राहकवर्गको माग तथा सुविधालाई मध्यनजर गर्दै देशभरका विभिन्न शाखा कार्यालयहरुमा यहि जेठ १५ गतेदेखि सन्ध्याकालीन काउण्टर र १८ गतेदेखि होलिडे काउन्टरको सुविधाहरु थप गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

आफ्ना ८५ ओटा शाखा कार्यालयहरु तथा २४ वटा ए.टी.एम.हरुबाट ग्राहकहरुलाई बैंकि¨ सेवा प्रदान गर्दै आएको बैंकले थप १३ ओटा शाखा कार्यालयबाट सन्ध्याकालीन काउण्टर तथा होलिडे काउण्टरहरु संचालनमा ल्याएको छ । थप गरिएका संध्याकालीन तथा होलिडे काउण्टरहरु मध्ये काठमाण्डौ उपत्यका भित्र ४ ओटा शाखाहरु छन् । देशभरमा जम्मा १७ ओटा शाखाहरुबाट सन्ध्यकालीन काउण्टर तथा २१ ओटा शाखाहरुबाट होलिडे काउण्टर सञ्चालन गरिएको छ ।

सार्वजनिक विदाको समयमा पनि बैंकिङ सेवा प्रदान गर्न शुरु गरेको यस बैंकको होलिडे काउण्टर सेवा अन्तर्गत काठमाण्डौ तथा पोखरा उपत्यका एवं बाँके र कैलाली क्षेत्रका विभिन्न शाखाहरुबाट बिहान १० बजेदेखि ३ बजेसम्म बैंकिङ सेवा खुल्ला रहनेछ ।

प्रकाशित मितिः     २१ जेष्ठ २०७६, मंगलवार ०७:१२  |